कोरोना अपडेटः नेपालमा पछिल्लो २४ घण्टामा थप १९ संक्रमितको मृत्यु

छहारी संवाददाता
मंसिर १३, २०७७

नेपालमा पछिल्लो २४ घण्टामा थप १९ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

यससँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार ४ सय ५४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३ सय ८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा हालसम्म कोरोना संक्रमितको कुल संख्या २ लाख ३० हजार ७ सय २३ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार देशभर ५ सय १५ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ११ हजार १ सय ८६ पुगेको छ। हाल देशभर १८ हजार ८३ जना सक्रिय संक्रमित रहेका छन् भने ६ सय १८ जना क्वारेन्टिनमा छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*