हेटौंडामा बिहिबार थप ४३ जनामा कोरोना संक्रमण पुष्टि
हेटौंडा उपमहानगरपालिका क्षेत्रमा बिहिबार थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
४२ जना हेटौंडाका स्थायी वासिन्दा र एक जना काठमाण्डौ घर भइ कामको शिलसिलामा हेटौंडामा बस्दै आएकामा कोरोना पुष्टि भएको हेटौंडा उपमहानगरपालिकाका जनस्वाथ्य निरिक्षक भोला चौलागाईले जानकारी दिनुभयो ।
संक्रमित हुनेहरुमा १९ जना महिला र २४ जना पुरुष रहेको चौलागाईले बताउनुभयो ।






