बागमती प्रदेशका मुख्यमन्त्री पौडेल दम्पति, सुरक्षाकर्मी, २ चालक र एक कार्यालय सहयोगीलाई कोरोना संक्रमण

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
मुख्यमन्त्रीकी धर्मपत्नी, एक सुरक्षाकर्मी, २ जना चालक र एकजना कार्यालय सहयोगीमा समेत कोरोना संक्रमण पुष्टि भएको मुख्यमन्त्रीका प्रेस संयोजक प्रकाश दाहालले जानकारी दिनुभयो ।
केहीदिन अघिदेखि सामान्य रुघाखोकी देखिएपछि उहाँहरु सुरक्षाविधी अपनाएर होम आईसोलेशनमा रहनुभएको दाहालले बताउनुभयो ।
कोरोना पुष्टि भएपनि धेरै ठुलो स्वास्थ्य समस्या भने नरहेको सचिवालयले जनाएको छ । कोरोनाको लक्षण देखापरे देखिनै उहाँले स्वास्थ्य सावधानी अपनाउनुभएको थियो ।