कोरोना अपडेटः नेपाल पछिल्लो २४ घण्टामा २१ संक्रमितको मृत्यु
नेपालमा अहिलेसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउोको संख्या ८१२ पुग्यो

नेपालमा कोरोना भाइरसका कारण पछिल्लो २४ घण्टामा थप २१ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसहित नेपालमा कोरोनाका कारण ज्यान गुमागुमाउनेको संख्या ८१२ पुगेको छ ।
पछिल्लो २४ घण्टामा मात्रै देशभर ३ हजार ६ सय ३७ जना संक्रमित थपिएका छन्। यससंगै कुल संक्रमितको संख्या १ लाख ४८ हजार ५ सय ९ पुगेको छ। यो संख्या सर्वाधिक दैनिक वृद्धि हो।
यो अवधिमा देशभरि १५,२५५ वटा नमुना परीक्षण गरिएको थियो। काठमाण्डू उपत्यकामा सर्वाधिक संक्रमित भेटिने क्रम जारी छ। अहिले पुष्टि भएका मध्ये १,५५२ जना काठमाण्डू उपत्यकाका तीन जिल्लाका हुन्। योसँगै नेपालमा पुष्टि भएका संक्रमितको कुल ससंख्या एक लाख ४८ हजार नाघेको छ।