कोरोना अपडेटः बिहीबार ३ हजार ६३७ जना संक्रमित थपिए
हालसम्म कोरोना निको हुनेको संख्या १ लाख २ हजार ८ सय २०
नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ६ सय ३७ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ४८ हजार ५ सय ९ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार ३ हजार २ सय १५ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या १ लाख २ हजार ८ सय २० पुगेको छ।
पछिल्लो २४ घण्टामा १५ हजार २ सय ५५ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या ४४ हजार ८ सय ७७ रहेको छ भने ३ हजार ७ सय ५१ जना क्वारेन्टिनमा छन्।
पछिल्लो २४ घण्टामा थप २१ जनाको कोरोनाबाट मृत्यु भएको छ। यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८ सय १२ पुगेको छ।