विश्वभर कोरोना संक्रमितको संख्या ३ करोड ५४ लाख

छहारी संवाददाता
अशोज १९, २०७७

विश्वभर हालसम्म ३ करोड ५४ लाख २५ हजार १०७ जना कोरोना भाइरसबाट संक्रमित भएका छन्। कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या १० लाख ४२ हजार १८३ पुगेको छ भने संक्रमणबाट निको हुनेको संख्या पनि २ करोड ६६ लाख ३९ हजार ८६९ पुगेको छ।

कोरोना भाइरसको महामारीका कारण विश्वमै सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा कुल संक्रमितको संख्या ७६ लाख ३६ हजार ९१२ पुगेको छ भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या पनि २ लाख १४ हजार ६११ पुगेको छ, देशसञ्चारले लेखेको छ। अमेरिकापछि सबैभन्दा बढी संक्रमित रहेको भारतमा ६६ लाख २३ हजार ८१५ जना संक्रमित भएकोमा १ लाख २ हजार ७१४ जनाले ज्यान गुमाएका छन्।

यसैगरी संक्रमितको संख्यामा तेस्रो स्थानमा ब्राजिल रहेको छ। त्यहाँ ४९ लाख १५ हजार २८९ जनामा संक्रमण भएकोमा १ लाख ४६ हजार ३७५ भन्दा धेरैको ज्यान गएको छ।

रुसमा १२ लाख २५ हजार ८८९ जना संक्रमित भएका छन् भने २१ हजार ४७५ जनाको मृत्यु भइसकेको छ। स्पेनमा ८ लाख १० हजार ८०७ संक्रमित भएकोमा ३२ हजार ८६ जनाले ज्यान गुमाएका छन्। बेलायतमा ५ लाख २ हजार ९७८ संक्रमित भएकोमा ४२ हजार ३५० जनाको मृत्यु भइसकेको छ। पेरुमा संक्रमितको संख्या ८ लाख २८ हजार १६९ छ भने ३२ हजार ७४२ जनाको मृत्यु भइसकेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*