बागमती प्रदेशमा कोरोना संक्रमित बढे, मकवानपुरमा संक्रमितको संख्यामा कमी

छहारी संवाददाता
१७ आश्विन २०७७, शनिबार ०९:०१

बागमती प्रदेशमा कोरोना संक्रमितको सख्या एकै दिन ह्वात्तै बढेको छ । देशैभरी जस्तै बागमती प्रदेशमा पनि संक्रमणको दर बढेर गएको हो । यस प्रदेशमा कुल ३९ दशमलव ४१ प्रतिशत संक्रमित देखिएका छन् ।

यद्यपी प्रदेशका अन्य जिल्लामा कोरोना संक्रमण दर बढेपनि पछिल्लो समय मकवानपुरमा भने संक्रमित कम हुँदै गएको छ । हिजो नौ जनामा मात्र कोरोना संक्रमण देखिएको छ । आज बिहान प्राप्त रिपोर्टमा भने १२ जना कोरोना संक्रमित देखा परेको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक भोला चौलागाईले बताउनुभयो ।

पहिले एकै पटक धेरै संक्रमित मकवानपुर जिल्लामा देखा पर्ने गरेका भएपनि पछील्लो एक सातामा यस जिल्लामा कमै मात्र संक्रमित देखा परेका छन् । बागमती प्रदेशमा ३२ हजार ४ सय ९७ जना पुगेको छ । संक्रमित मध्यमा एक सय ९७ जनाको मृत्यु भएको छ, जनपत्रले लेखेको छ । ।

हिजो बागमती प्रदेशमा हिजो एकै दिनमा एक दिनमा १ हजार ८ सय ७४ जनामा परिक्षणको क्रममा कोरोना भाइरस संक्रमित देखिएको छ। पहिलेको तुलनामा एकैदिन धेरैजनामा कोरोना संक्रमण पुष्टि भएको हो । बागमती प्रदेशमा विदेशबाट फर्कनेसंगै नेपालमै रहेकाहरुमा पनि कोरोना देखिएको छ ।

देखापरेका संक्रमित मध्यमा धेरैजसो उपचाररत छन् । बागमती प्रदेशमा विदेशबाट फर्किएकाहरु भन्दा पनि अहिले स्थानीय समुदायमानै वसेकाहरुमा कोरोना संक्रमण देखापरेको छ । कोरोना संक्रमणबाट स्वास्थ्यकर्मी, सुरक्षाकर्मी पनि प्रभावित भएका छन् ।

प्रदेशमा १८ हजार ८ सय ५१ जना कोरोना संक्रमित उपचार पछी विभिन्न अस्पतालबाट डिस्चार्ज भएको बागमती प्रदेशको सामाजिक बिकास मन्त्रालयका डाक्टर सेढाईले जानकारी दिनुभयो ।

नेपालभरी देखिएका कोरोना भाइरस संक्रमण पुष्टि भएकाहरु मध्य सबै धन्दा धेरै बागमती प्रदेशमा देखा परेका छन् । अरु प्रदेशको तुलनामा बागमती प्रदेशमा धेरै संक्रमित देखा परेका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*