रौतहटका कोरोना संक्रमितको मृत्यु

छहारी संवाददाता
१५ आश्विन २०७७, बिहीबार ०९:४३

रौतहटका एकजना कोरोना संक्रमितको वीरगञ्जमा मृत्यु भएको छ । रौतहटको ईशनाथ नगरपालिका–४ बस्ने ७४ वर्षीय पुरुषको आज विहान मृत्यु भएको हो ।

नेशनल मेडिकल कलेजले सञ्चालन गरेको अस्थायी कोरोना अस्पताल (बाबा होटल आइसोलेसन)मा उपचारको क्रममा आज बिहान ८ः२५ मा मृत्यु भएको मेडिकल कलेजका कोभिड फोकल पर्सन डाक्टर असरफ हुसैनले जानकारी दिए, अनलाइन खबरले लेखेको छ ।

‘विरामीको मुटुको गति पनि अस्थिर थियो, कोभिड संक्रमणका कारण शरीरमा अक्सिजन मेन्टेन भइरहेको थिएन, भर्ना भएदेखि नै हाई फ्लोमा अक्सिजन दिएर आईसियुमा राखेका थियौं,’ डाक्टर हुसैनले भने, ‘बिहान तीन बजेदेखि अवस्था गम्भिर बन्यो । भेन्टिलेटरमा राखेर इमर्जेन्सी अवस्थामा अपनाउनुपर्ने सबै उपाय अपनायौं । तर बचाउन सकिएन ।’ डाक्टर हुसैनका अनुसार उनी मुटु रोगीसमेत थिए ।

असोज ९ गते कोरोना संक्रमण पुष्टि भएपछि उनलाई कोरोना अस्पतालमा उपचारका लागि लगिएको थियो । विरामी भएर नारायणी अस्पतालमा उपचारका लागि भर्ना भएका उनको आसोज ८ गते पीसीआरका लागि स्वाब नमुना संकलन गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*