कोरोना अपडेटः नेपालमा पछिल्लो २४ घण्टामा ४ संक्रमितको मृत्यु

छहारी संवाददाता
अशोज १, २०७७

कोरोना भाइरस संक्रमणबाट नेपालमा पछिल्लो २४ घण्टामा चार जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको जानकारी अनुसार कोरोनाबाट अहिलेसम्म ३८३ संक्रमितको मृत्यु भइसकेको छ।

यस्तै पछिल्लो परीक्षणको रिपोर्ट अनुसार १ हजार २ सय ४६ जनामा कोरोनाका नयाँ संक्रमित थपिएको मन्त्रालयले जनाएको छ। यो वृद्धिसँगै नेपालमा कुल संक्रमितको संख्या ५९ हजार ५ सय ७३ पुगेको छ। अहिले देशभर १६ हजार २ सय ४१ जना सक्रिय संक्रमित छन् ।

तीमध्ये ७ हजार ९०३ जना संस्थागत आइसोलेशनमा छन् भने अन्य होम आइसोलेशनमा रहेको मन्त्रालयले जनाएको छ। प्रदेश २ र बागमती प्रदेशका जिल्लाहरुमा संक्रमितको संख्या धेरै छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*