कोरोना अपडेटः नेपालमा बिहीबार १ हजार २ सय ४६ कोरोना संक्रमित थपिए

पछिल्लो २४ घण्टामा १ हजार २ सय ४३ संक्रमित निको भए
छहारी संवाददाता
१ आश्विन २०७७, बिहीबार १६:३०

नेपालमा पछिल्लो २४ घण्टामा १ हजार २ सय ४६ जनामा कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमित ५९ हजार ७ सय ७३ पुगेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

यस्तै आज १ हजार २ सय ४३ संक्रमित निको भई घर फर्किको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोना निको हुनेको संख्या ४२ हजार ९ सय ४९ पुगेको छ। पछिल्लो २४ घण्टामा १० हजार ६ सय ४१ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

हाल देशभर १६ हजार २ सय ४१ जना सक्रिय संक्रमित रहेका छन्। मन्त्रालयले दिएको जानकारी अनुसार देशभर ७ हजार ८ सय ८३ जना क्वारेन्टिनमा छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*