कोरोना अपडेटः पछिल्लो २४ घण्टामा ८ जना संक्रमितको मृत्यु
कोरोना संक्रमणका कारण नेपालमा पछिल्लो २४ घण्टामा आठ जनाको मृत्यु भएको स्वास्थ्यमन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार अहिलेसम्म कोरोना संक्रमणबाट नेपालमा कुल ३७९ जनाको मृत्यु भइसकेको छ ।
यस्तै बुधबार १ हजार ५ सय ३९ जना नयाँ संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार यो एकै दिन पुष्टि भएको संक्रमितको सर्वाधिक संख्या हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ५८ हजार ३ सय २७ पुगेको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार बुधबार १०६८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या ४१ हजार ७०० पुगेको छ। पछिल्लो २४ घण्टामा १० हजार ४ सय ९४ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
हाल देशभर १६ हजार २ सय ४२ जना सक्रिय संक्रमित रहेका छन्। यस्तै ७ हजार ८ सय २० जना क्वारेन्टिनमा रहेका छन्।