उच्च ज्वरो आएपछि कांग्रेस महामन्त्री कोइराला अस्पताल भर्ना

कोरोना संक्रमण पुष्टि भएपछि कोइराला होम आइसोलेसनमा हुनुहुन्थ्यो ।
छहारी संवाददाता
भदौ ३१, २०७७

कोरोना संक्रमणपछि होम आइसोलेसनमा रहनु भएका नेपाली कांग्रेसका महामन्त्री डाक्टर शशांक कोइरालाई अस्पताल भर्ना गरिएको छ ।

कोइरालालाई ज्वरो बढेपछि चाबहिलस्थित ओम अस्पतालमा भर्ना गरिएको उहाँका स्वकीय सचिव भरत तिवारीले जानकारी दिनुभयो । कोइरालाई १०३ डिग्री ज्वरो आएको थियो। ज्वरो नघटेपछि कोइरालालाई ओम अस्पताल भर्ना गरिएको हो।

पाँच वर्षअघि एस्पिरेशन न्युमोनियाका कारण अचानक अचेत हुँदा पनि डा. कोइरालाको उपचार ॐ हस्पिटलको सघन उपचार कक्षमा गरिएको थियो । अहिले ज्वरो घटे पनि उहाँमा निमोनिया भएको हुन सक्ने चिकित्सकहरुले आशंका गरेका छन्। उहाँ भदौ १३ गते कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा हुनुहुन्थ्यो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*