कोरोना अपडेटः मकवानपुरमा मंगलबार ४५ जना संक्रमित थपिए

मकवानपुरमा मंगलबार ४५ जना कोरोना संक्रमित थपिएका छन् । योसंगै मंगलबार मात्रै मकवानपुरमा ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जनस्वास्थ्य निरिक्ष भोलाप्रसाद चौँलागाईका अनुसार आज थपिएकाहरु २२ जना मनहरी गाउँपालिका, २ जना कैलाश गाउँपालिका र बाँकी २१ जना हेटौँडा उपमहानगरपालिका क्षेत्रका छन् । किटजन्य रोग तथा अनुसन्धान केन्द्र हेटौंडामा गरिएको परिक्षणमा हेटौंडाका थप २१ जनामा संक्रमण पुष्टी भएको हो ।
हेटौडा उपमहानगरपालिका ३ का एक जना, वडा नम्बर ५ का ३ जना, वडा नम्बर ६ का ३ जना, वडा नम्बर ८ का ६ जना, वडा नम्बर ९ का ४ जना, वडा नम्बर १० का १ जना र वडा नम्बर १७ का ३ जनामा कोरोना संक्रमण पुष्टि भएको चौलगाईले जानकारी दिनुभयो । भदौ २९ गते स्वाब संकलन भएको १ सय ५ जनाको रिपोर्ट मंगलबार सार्वजनिक गरिएको हो ।