कोरोना अपडेटः नेपालमा मंगलबार १ हजार ४ सय ५९ जना संक्रमित थपिए

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभरका प्रयोगशालामा १० हजार ३७५ नमुना परीक्षण गर्दा १ हजार ४ सय ५९ जनामा संक्रमण पुष्टि भएको हो । काठमाडौँ उपत्यकामा मात्रै मंगलबार थप ६ सय ७६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालय जनाएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ५५५, भक्तपुरमा ८६ र ललितपुरमा ३५ जना कोरोना संक्रमित थपिएका हुन्।