मकवानपुरमा थप एक कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १० पुग्यो

छहारी संवाददाता
भदौ ३०, २०७७

कोरोना संक्रमणबाट मकवानपुरमा थप एक जनाको मृत्यु भएको छ । मनहरी गाउँपालिका–८ सिमपानीका ६८ वर्षीय लाल बहादुर मुक्तानको मृत्यु पश्चात कोरोना संक्रमण पुष्टि भएको हो ।

सोमबार बिहान दुध पु¥याएर फर्केका ती पुरुष आफ्नो घरमा एक्कासि बिहोस भएर ढलेका थिए । बेहोस भएर ढलेको जानकारी पाउँना साथ गाउँपालिकाको स्वास्थकर्मी पुग्दा उनको मृत्यु भइसकेको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख टिकाराम अधिकारीले जानकारी दिनुभयो ।

मृतकको स्वाब संकलन गरी किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडामा गरिएको कोरोना परिक्षणमा रिर्पोट पोजिटिभ आएको हेटौंडाका जनस्वास्थ्य अधिकृत भोला चौलागाई जानकारी दिनुभयो । उनी दम तथा मुटु लगायत अन्य रोगबाट पीडित थिए । यससँगै मकवानपुरमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*