आज विश्व प्राथमिक उपचार दिवस

छहारी संवाददाता
भदौ २७, २०७७

आज विश्व प्राथमिक उपचार दिवस । महामारी अनुकूल प्राथमिक उपचारको अभ्यास भन्ने मुख्य नाराका साथ दिवस मनाइँदैछ ।

प्राथमिक उपचारको महत्वका विषयमा समुदायमा चेतना अभिवृद्धि गर्ने र प्राथमिक उपचारमा खटिने स्वयंसेवकहरूलाई सम्मान गरी हरेक वर्ष सेप्टेम्बर महिनाको दोस्रो शनिबार विश्व प्राथमिक उपचार दिवस मनाउने गरिन्छ ।

जीवन बचाउन, बिरामी वा घाइतेको अवस्था सुधार गर्न र चिकित्सा सेवाको पहुँच नहुने अवस्थासम्म प्रारम्भीक स्याहार गर्न प्राथमिक उपचार महत्वपूर्ण रहेको नेपाल रेडक्रस सोसाइटीले जनाएको छ, उज्यालो अनलाइनले ेलखेको छ ।

यस वर्ष विश्वव्यापी महामारी कोभिड(१९ का कारण विगत वर्षहरूमा जस्तो कार्यक्रम आयोजना नभएको तर सुरक्षा सावधानी अपनाएर प्राथमिक उपचार ज्ञान र सीप केन्द्रीत भर्चुअल कार्यक्रम, कृत्रिम अभ्यास, आकस्मिक प्राथमिक उपचार जस्ता कार्यक्रम आयोजना गरिरहेको पनि सोसाइटीले जनाएको छ ।

महामारीका बेला स्वास्थ्य संस्थामा अत्याधिक चाप हुने, डाक्टर तथा स्वास्थ्यकर्मीको उपलब्धता कम हुनसक्ने र सार्वजनिक यातायात पनि स्थगित हुनसक्ने भएकाले स्वास्थ्य सेवा आवश्यक पर्नेहरु जोखिममा पर्ने भएकाले प्राथमिक उपचार महत्वपूर्ण हुने नेपाल रेडक्रस सोसाइटीका महामन्त्री पीताम्बर अर्यालले बताउनुभयो ।

साथै रेडक्रस अन्तर्गत नेपालमा १२ सय प्रशिक्षक र तीस हजार जना प्राथमिक उपचार स्वयंसेवकहरू सेवामा खटिएका उल्लेख छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*