कोरोना अपडेटः बारा र पर्सामा थप २३ जनामा संक्रमण पुष्टि

बारा र पर्साका थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। वीरगञ्जको नारायणी अस्पतालको प्रयोगशालामा ३१५ जनाको स्वाब परीक्षण गरिएकोमा २३ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जानकारी दिएको छ ।
बाराका १४ जना र पर्साका ९ जनामा संक्रमण देखिएको हो । बाराको निजगढ नगरपालिकाका ८ जनामा संक्रमण देखिएको छ । ती मध्ये दुईजना ईलाका प्रहरी कार्यालय निजगढका रहेका छन् । यसैगरी कलैया उपमहानगरपालिका वडा नम्बर ४, ६ र ८ का एक–एक जना, वडा नम्बर ७ का तीनजनामा कोरोना संक्रमण देखिएको अस्पतालले जनाएको छ ।
यस्तै नारायणी अस्पतालको क्वाटरमा बस्ने दुईजना, वीरगञ्ज हेल्थ केयर अस्पतालका दुईजनामा संक्रमण देखिएको हो । उसैगरी पर्साको पटेर्वा सुगौली गाउँपालिका ५ का तीन, वष नम्बर १ का एकजना तथा सखुवा प्रसौनी गाउँपालिका २ का एक जनामा कोरोना पुष्टि भएको अस्पतालले जानकारी दिएको छ ।