कोरोना अपडेटः नेपालमा थप पाँच संक्रमितको मृत्यु, १ हजार ४५४ जना नयाँ संक्रमित थपिए

पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरस संक्रमणबाट पाँच जनाको मृत्यु भएको छ भने १ हजार ४ सय ५४ जना नयाँ संक्रमित थपिएका छन् । योसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ३ सय २२ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।
यस्तै कुल कोरोना संक्रमितको संख्या ५१ हजार ९ सय १९ र निको हुनेको सङ्ख्या ३६ हजार ६ सय ७२ पुगेको छ। मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमणबाट निको हुने दर लगभग ७१ प्रतिशत छ।
अहिले नेपालमा १४ हजार ९ सय २१ जना सक्रिय संक्रमित छन् जसमध्ये ६ हजार ६ सय ३४ होम आइसोलेशनमा छन् भने बाँकी ८ हजार २ सय ९१ संस्थागत आइसोलेशनमा छन्।
संक्रमितहरु मध्ये १७० जना सघन उपचार कक्षमा र २४ जना भेन्टिलेटरमा उपचाररत छन्। यस्तै क्वारेन्टीनमा ५ हजार ७८ जना रहेको मन्त्रालयले जानकारी दिएको छ । यो अवधिमा १० हजार ७०१ पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।