कोरोना अपडेटः नेपालमा आइतबार थप ९ जनाको मृत्यु, ९८० संक्रमित थपिए

पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसबाट थप ९ जनाको मृत्यु भएको छ भने ९८० जना नयाँ संक्रमित फेला परेका छन् ।
यसमध्ये काठमाण्डौं उपत्यकामा मात्रै ३५४ जना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । काठमाण्डौंमा २९० जना ललितपुरमा र भक्तपुरमा ३२र३२ जना थपिएका हुन्। यो संगै नेपालमा संक्रमितको कुल संख्या ४६,२५७ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो ।
पछिल्लो २४ घण्टामा निको हुनेको सङ्ख्या १,८१४ रहेको छ। यो अवधिमा १०,३८२ जनामा पीसीआर परीक्षण गरिएको बताइएको छ। कुल सङ्क्रमितमध्ये ६३ प्रतिशत निको भएका छन्। हाल देशभरि आइसीयूमा १७४ र भेन्टिलेटरमा २७ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।