कोरोना अपडेटः नेपालमा थप ११ जनाको मृत्यु, १,०६९ जना नयाँ संक्रमित थपिए

पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरस सङ्क्रमणबाट थप ११ जनाको मृत्यु भएको छ।
मृतक एक महिला र १० जना पुरुष रहेका छन्। तीमध्ये पर्साका तीन जना, काठमाण्डौं र महोत्तरीका दुई/दुई जना एवम् बारा, सिरहा, चितवन र मकवानपुरका एक/एक जना रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। यससँगै कोरोनाबाट मृत्यु हुनेको संख्या २३९ पुगेको छ।
मङ्गलवार अपराह्न आयोजित दैनिक प्रेस ब्रीफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यो अवधिमा विभिन्न जिल्लामा १,०६९ जना नयाँ संक्रमित थपिएको जानकारी दिनुभयो ।
यो वृद्धिसंगै देशभर संक्रमितको कुल संख्या ४०,५९९ पुगेको छ । मङ्गलवार काठमाण्डौंमा मात्रै सर्वाधिक ३९३ संक्रमित फेला परेका छन् । ललितपुरमा ५८ र भक्तपुरमा ३० जनामा पनि सङ्क्रमण पुष्टि भएको छ।