रिपोर्टर डायरीः आइसोलेसनका ९ दिन

कोरोना भाइरसले नेपाली समाजभित्र लुकेर बसेको कुरुप मनोविज्ञान प्रदर्शनसमेत गर्यो।
पत्रकार/ निशा गुरुङ
१६ भाद्र २०७७, मंगलवार १४:०२

थाहा छ, कोरोना लागेको कोही मानिसलाई घृणा गर्नु हुँदैन । माया, हौसला दिनुपर्छ । यो विषम् परिस्थितिमा सबै एकजुट भएर कोरोनालाई परास्त गर्न सकिन्छ र गर्नुपर्छ । तर कोरोना भाइरसले नेपाली समाजभित्र लुकेर बसेको कुरुप मनोविज्ञान प्रदर्शनसमेत गर्यो।

हेटौंडा उपमहानगरपालिका–६, गौरीटारस्थित आइसोलेसनमा मजस्ता धेरै संक्रमित थिए । त्यहाँ म जस्तै पत्रकारिता गर्ने मेरी एक साथी पनि थिइन् । ती साथीसँगै हुने भएर होला आइसोलेसनमा जाँदा पनि दुः लागेन । कोरोना लागेका म जस्तै धेरै संक्रमित त्यहाँ नाचगान गरेर दिन कटाउने गर्दा रहेछन् ।

धेरै साथीसँग चिनजान भयो । सबै एकअर्कालाई हौसला दिने, रमाइलो गर्ने दिदी र दाइ थिए । केही त हजुरबा र हजुरआमा पनि थिए । आइसोलेसनमा खानेबस्ने व्यबस्था राम्रो लाग्यो । दिनमा खाना र खाजा गरेर ४ पटक खान दिने गरिएको थियो । त्यहा“ विभिन्न संस्था सहयोग गर्न आउ“थे । दिनमा तीन पटक अण्डा, हप्तामा २ पटक मासु र दूध २ पटक र फलफुल दिइने हँुदा त्यहाँको खानपिनले पनि बिरामीलाई चाँडै फूर्तिलो र स्वस्थ्य बनाएको महसुस हुन्थ्यो ।

आइसोलेनबाट ९० वर्ष पार गरेका हजुरबा र हजुरआमाले समेत कोरोना जितेर हाँसीखुशी आफ्नो घर फर्कनुभयो । म त्यहाँ बस्दा नियमित औषधीसेवन गर्ने र तातोपानी नियमित पिएँ । रमाइलो गरेर दिन कटाउन थालें । त्यहा“का संक्रमितको अनुभव सुन्ने मौका पाएँ ।
कोरोना संक्रमितलाई समाजमा विभिन्न आरोप लगाउने गरेको पीडा पनि सुनें । उनीहरु घरवरपर हिँड्नेसमेत नगरेको बताए । छिमेकीले सराप्ने र थुक्ने गरेर अवहेलना गर्ने गरेको सक्रमितले पीडा सुनाए । मैले पनि कोरोनालाई ९ दिनमा जित्न सफल भएँ । आइसोलेसनमा बसेको ९ दिनमा मैले कोरोलाई जितेर घर फर्कें ।

‘मलाई पोजेटिभ भएको छिमेकीले थाहा पाइसकेछन् । बाइकमा गाउँका मान्छेहरु आएर ‘यो फलानोलाई कोरोना भएको र किन आइसोलेसनमा नगएको’ भन्दै कुरा गर्न थालेपछि घरमा बस्ने वातावरण मिलेन । त्यतिखेर मलाई मैले धेरै ठूलो पाप गरेजस्तो तीतो अनुभव भयो ।’

कोरोना लागेपछि मरिन्छ भन्ने डर लिने गरेको र कोरोना लागेका व्यक्तिलाई हेर्न पनि डराउने गरेको थाहा भयो । कोरोना एउटा भाइरस हो । यसलाई साबधानी अपनाए चा“डै निको भइन्छ । मनोवल उच्च बनाए कोरोनालाई जित्न सकिन्छ भन्ने मनोबल मभित्र जागृत भएको छ ।
थाहा छ, कोरोना लागेको कोही मानिसलाई घृणा गर्नु हुँदैन । माया, हौसला दिनुपर्छ । यो विषम् परिस्थितिमा सबै एकजुट भएर कोरोनालाई परास्त गर्न सकिन्छ र गर्नुपर्छ । तर कोरोना भाइरसले नेपाली समाजभित्र लुकेर बसेको कुरुप मनोविज्ञान प्रदर्शनसमेत गयो ।

कोरोनाको अनुभव
म हेटौंडाको स्थानीय पत्रिकामा काम गर्ने भएको ह“ुदा समाचार संकलनका लागि विभिन्न स्थानमा जानुपर्ने हुन्छ । म र मेरी एउटी पत्रकार साथी संगै समाचार संकलनका लागि जाने गरेका थियौं । एक दिन साथीलाई हन्हनी ज्वरो र खोकी आयो । उनले मलाई यस्तो भयो अस्पताल जाउँ न भनेपछि गयौं । त्यहाँ पहिला पीसीआर गराएर आउन भनेपछि पीसीआर गर्न श्रमिक मावि गयौं । दुई दिनमा उनको रिपोर्ट आयो नेगेटिभ ।

त्यसपछि हामी खुशी भएर फेरि फिल्डमा हिड्न थाल्यौं । फिल्डमा हिड्दै गर्दा मलाई पनि ज्वरो र खोकी लाग्न थाल्यो । खान मन नलाग्ने, वाक्वाकी लाग्ने र एलर्जी हुने भइरहेको थियो । मेरी साथीको रिपोर्ट आएको भोलिपल्ट फेरि पीसीआरका लागि आउन भनियो ।

हामी पीसीआरका लागि गयौं । भोलिपल्ट उनको पोजेटिभ भनेर रिपोर्ट आयो । रिपोर्ट आएपछि उनलाई आइसोलेसनमा लैजाने कुरा भयो । मलाई पनि सञ्चो नहुने भइरहेको थियो, खानाको स्वाद नभएकोले कचौरामा थोरै खाना खान्थें । परिवारबाट अलग बसेकी थिए मेरो पनि पीसीआर गरें । पीसीआर गरेर रिपोर्ट नआएसम्म अलग्गै बसे । मेरो पनि रिपोर्ट पोजेटिभ आयो ।

समाजमा हेर्ने नजर
मेरो रिपोर्ट पोजेटिभ आएपछि घरमै बस्ने तयारी हुँदै थियो । तर, मलाई पोजेटिभ भएको छिमेकीले थाहा पाइसकेछन् । बाइकमा गाउँका मान्छेहरु आएर ‘यो फलानोलाई कोरोना भएको र किन आइसोलेसनमा नगएको’ भन्दै कुरा गर्न थालेपछि घरमा बस्ने वातावरण मिलेन ।
त्यतिखेर मलाई मैले धेरै ठूलो पाप गरेजस्तो तीतो अनुभव भयो ।

त्यसपछि वडाध्यक्षलाई फोन गरेर एम्बुलेन्सको व्यबस्था गर्न आग्रह गरें । त्यति खेरसम्म गाउँभर हल्ला भइसकेछ । एम्बुलेन्सलाई मैले घरभन्दा तल नै बस्न आग्रह गरें । र, म सामान बोकेर आइसोलेसन जाँदै गर्दा बाटोभर मानिसहरु लाइन लागेर हेरिहेका थिए । छिमेकीले अनेक खालका कुरा काट्न थालेको सुनियो । बाहिर मेरा परिवारको कुरा काट्ने, घाँस काट्न जाँदासमेत खिसिट्युरी गर्ने गरेका थिए । मेरो घरनजिक मान्छे आउँँदा कुरा काट्ने काम चलिरह्यो ।

ग्यास लिन पसल जाँदासमेत गाउँका मान्छेले नानाथरि कुरा गरेको पीडा सहन नसकेर आमा रुनुभयो । पसलमा जानसमेत नदिने र तरकारी किन्न पसलमा नआऊ भन्नेसमेत गरे । मैले गाउँमा देखेका मान्छेहरु पनि पीसीआर गराउनुपर्छ भनेर वडाध्यक्षलाई दबाब दिनेसम्म काम गरे । मानौं, कोरोना लागेपछि मानिस बाँच्दैन जस्तो । कोरोनाबाट सक्रमित र उनका परिवारलाई छिमेकीले हतोत्साही गर्ने गरेका छन् । माया र उत्साह दिनुपर्नेमा घृणा गर्ने र हतोत्साही बनाउने गरियो ।

सहयोगी छिमेकी
विभिन्न खालका आरोप लगाएर बसेका समाजमा साथ र सहयोग गर्ने मेरा आफन्त थिए । समाजका केही अग्रज मेरो घरमा जाने र घरको अबस्था बुझ्ने र हौसला दिने मान्छे देखिए । यति ठूलो समाजमा त्यही पनि २÷३ जना आफन्तले सहयोग गर्नुभएको पनि थियो । मलाई फोन गरेर चिन्ता नलेऊ भन्नेहरु पनि थिए । ‘तिमी राम्रो भएर आउनू’ भनेर आफन्तको हौसला र साथले मलाई अरुले जेजसो भने गरे पनि चिन्ता लिन छाडेर बसें । रोगलाई जितेर आए“ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*