कोरोना अपडेटः नेपालमा एकै दिन ५ सय ८८ निको, कुल निको हुनेको संख्या २१ हजार ४ सय १०

छहारी संवाददाता
भदौ १५, २०७७

पछिल्लो २४ घण्टामा नेपालमा ५ सय ८८ जनाले कोरोना जितेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट ५ सय ८८ जना निको भएका छन् ।

कुल २१ हजार ४ सय १० जना संक्रमित निको भई डिस्चार्ज भइसकोको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार निको हुनेको कुल संख्या ५४ प्रतिशत हो । यसैबीच हालसम्म नेपालमा अहिले सक्रिय संक्रमितको संख्या १७ हजार ८ सय २२ रहेको छ । हालसम्म ७ हजार ३ सय ३३ जना क्वारेन्टाइनमा छन् भने आइसोलसनमा १७ हजार ८ सय २२ जना छन् ।

होम आइसोलेसनमा रहनेको संख्या ७ हजार १ सय १२ छ भने संस्थागत आइसोलेसनमा रहेको संख्या १० हजार ७ सय १ रहेको छ । देशभर पछिल्लो २४ घण्टामा ११ हजार १ सय २९ जनाको पीसीआर परीक्षण हुँदा कुल ६ लाख ९३ हजार ४ सय ७२ जनाको पीसीआर परीक्षण भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*