कोरोनाको पीसीआर टेष्ट अब ४ हजार रुपैयाँमा

छहारी संवाददाता
भदौ १५, २०७७

कोरोना भाइरस (कोभिड -१९) को पीसीआर टेष्ट अब ४ हजार रुपैयाँमा हुने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परीक्षणको अधिकतम शुल्क ४४०० रुपैयाँ तोकेको हो । तर प्रयोगशाला वा आफ्नै ल्याब भएका अस्पतालहरुले ४ हजार रुपैयाँमा पीसीआर टेष्ट गर्नुपर्नेछ । आफ्नै ल्याब नभएका अस्पतालहरुले भने पीपीई लगायतको शुल्कका रुपमा थप ४०० रुपैयाँ लिन पाउनेछन्, अनलाइन खबरले लेखेको छ।

यसअघि मन्त्रालयले पीसीआर टेष्टको शुल्क ५५०० रुपैयाँ थियो । तर कतिपय निजी अस्पतालले त्योभन्दा बढी रकम समेत लिने गरेको गुनासो समेत आएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*