कोरोना अपडेटः नेपालमा संक्रमित पहिलो स्वास्थ्यकर्मीको मृत्यु, महोत्तरीमा ४ बर्षीया बालिकाको ज्यान गयो

छहारी संवाददाता
भदौ १५, २०७७

कोरोना भाइरस संक्रमणबाट नेपालमा संक्रमित पहिलो स्वास्थ्यकर्मीको मृत्यु भएको छ । कोरोनाका कारण महोत्तरीको मनरा सिस्वा नगरपालिका ४ का ३५ वर्षीय हेल्थ असिस्टेन्टको मृत्यु भएको हो ।

श्वासप्रश्वासमा समस्या भएपछि भदौ १० गते काठमाडौं लैजाने क्रममा उनको सिन्धुलीमा मृत्यु भएको थियो । उनको शव पुनः जिल्लामा ल्याएर स्वाब संकलन गरेर जनकपुरमा पठाइएको थियो । उनको रिपोर्ट पोजेटिभ आएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिनुभयो अनलाइनखबरले लेखेको छ ।

यस्तै कोरोना संक्रमणबाट महोत्तरीको मनरा सिस्वा की ४ बर्षीया बालिकाको पनि ज्यान गएको छ ।

उच्च ज्वरो र सास फेर्न समस्या भएपछि बालिकालाई उपचारका लागि तीन साताअघि धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको थियो । गत २३ साउनमा उपचारकै क्रममा उनको स्वाब संकलन गरी परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*