कोरोना अपडेटः नेपालमा पछिल्लो २४ घन्टामा ७ जनाको मृत्यु, ८९९ संक्रमित थपिए

कोरोना भाइरस संक्रमणका कारण पछिल्लो २४ घन्टामा नेपालमा सात जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या २२८ पुगेको छ।
यस्तै २४ घण्टामा थप ८९९ जना कोरोना संक्रमित थपिएको नियमित पत्रकार सम्मेलनका क्रममा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले यो जानकारी दिनुभयो । देशभरका प्रयोगशालामा ११ हजार ४९० नमुना परीक्षण गर्दा ३०३ महिला र ५९६ पुरुषमा आज संक्रमण पुष्टि भएको उहाँले बताउनुभयो ।
संक्रमितमध्ये २९८ जना काठमाडौं उपत्यकाका छन् । यो वृद्धिसँगै सङ्क्रमित व्यक्तिहरूको कुल सङ्ख्या ३९,४६० पुगेको गौतमले जानकारी दिनुभयो ।
कुन जिल्लामा कति संक्रमित ?
स्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा १९०, ललितपुरका ६७, भक्तपुरका ४१, ओखलढुङगााका १, खोटाङका १, झापाका ५, मोरङका १९, संखुवासभाका ९, सुनसरीका २५, धनुषाका ३१, पर्साका ३४, बाराका २३, महोत्तरीका ६, रौतहटका १, सप्तरीका २२, सर्लाहीका १०३, सिराहाका ५, काभ्रेका १३, चितवनका ७१, दोलखाका २, धादिङका १, मकवानपुरका ४२, रामेछापका २, सिन्धुपाल्चोकका १, सिन्धुलीका ७ जना छन् ।
यस्तै कास्कीका ३, गोर्खाका १३, तनहुँका २६, नवलपरासीका ७, लमजुङका २, बागलुङका ४, अर्घाखाँचीका २, कपिलवस्तुका १, पाल्पाका १, वर्दियाका २, बाँकेका १४, रुपन्देहीका ११, जुम्लाका १, सुर्खेतका ३८, अछामका २३, कञ्चनपुरका ७, कैलालीका १६, डोटीका १, बझाङका १ तथा बैतडीका २ जना संक्रमित थपिएका हुन्।देशभर १७ हजार ८२२ जना सक्रिय संक्रमित रहेका छन्।
पछिल्लो २४ घन्न्मा ११ हजार १२९ जनाको पीसीआर परीक्षण गरिएको छ भने ७ हजार ३३७ जना क्वारेन्टिनमा रहेका छन्। गत २४ घन्टामा ५८८ जना संक्रमणमुक्त भएर डिसचार्ज भएका छन्। यससँगै डिसचार्ज हुनेहरुको संख्या २१ हजार ४१० पुगेको छ। देशभर १३२ जना आइसीयुमा छन् भने १६ जना भेन्टिलेटरमा छन्। मनाङ र मुस्ताङ गरी देशभर दुई जिल्ला संक्रमणमुक्त रहेका छन्।