बिरगंजमा थप १८ जनामा काेराना संक्रमण भेटियाे

छहारी संवाददाता
११ श्रावण २०७७, आईतवार २३:३२

पर्सा जिल्लाका थप १८ जनामा काेराेना भाईरसकाे संक्रमण पुष्टि भएकाे छ ।

वीरगन्ज महानगरपालिका स्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको हाे ।

जिल्ला स्वास्थ्य कार्यालय पर्साका निरीक्षक जयमोद ठाकुरले दिएको जानकारीअनुसार संक्रमित हुनेहरुमा १४ जना पुरूष र ४ जना महिला रहेका छन् । जसमा ९ वर्षका बालकदेखि ४५ वर्षका पुरूष समेत रहेका छन् भने स्वास्थ्यकर्मीदेखि कारखानामा कार्यरत कर्मचारीहरुलाई समेत संक्रमण पुष्टि भएको छ ।

संक्रमित सबै पर्सा जिल्लाका रहेका छन् । संक्रमितहरु पर्साको श्रीपुर पञ्चगावा, पर्सागढी,  वीरगन्ज–१६ मिथिलानगर, वीरगन्ज ६ रेशमकोठी,  वीरगन्ज १४ बहुअरी, वीरगन्ज ६ माइस्थान,  वीरगन्ज ११ , वीरगन्ज १० र वीरगन्ज २ छपकैयाका स्थानीय वासिन्दा रहेको निरीक्षक ठाकुरले जानकारी दिए ।

साउन ७ गते देखि ९ गते सम्म स्वाब संकलन गरि नारायणी अस्पतालको प्रयोगशालमा परीक्षण गर्दा संक्रमण पुष्टि भएको नारायणी अस्पतालका डा.उदय नारायण सिंहले जानकारी दिए । नारायणी अस्पताल अस्थायी विषेश कोरोना अस्पताल गण्डकको आइसोलेसन वार्ड संक्रमितहरुले भरिएका कारण संक्रमितहरुलाई हाल घरमै राखिएको डा.उदय नारायण सिंहले जानकारी दिए ।
राताेपाटि

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*