मध्यपश्चिम पानी उद्योग रू दुई लाख सहित कारवाहीमा

बाँकेको बैजनाथ गाउँपालिका–५ को मध्यपश्चिम पानी उद्योगलाई कारवाहीमा परेकाे छ ।
उधाेगले गुणस्तरहिन पानी उत्पादन तथा विक्रि वितरण गर्दै अाएकाे वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयको अनुगमन टोलीले पाएपछि उद्योगमाथि कारवाही गरेको हो।
कार्यालयका प्रमुख कृष्णप्रसाद पौड्यालको अगुवाइको अनुगमन टोलीले उक्त उद्योगलाई रु दुई लाख जरिवाना समेत गरेको छ ।
अनुगमन टोलीले उद्योगका सञ्चालकलाई पानीको गुणस्तर सुधार गरी पुनः परीक्षण गराई प्रतिवेदन पेश गर्न निर्देशनसमेत दिएको सो कार्यालयका सूचना अधिकारी देवीलाल चौलागाईले बताउनुभयाे ।