विश्व वातावरण दिवसमा शिवम् सिमेन्टद्वारा वृक्षारोपण

छहारी संवाददाता
जेष्ठ २३, २०८३

विश्व वातावरण दिवसको अवसरमा शिवम् सिमेन्टले हेटौँडा–१९ हटियास्थित आफ्नो उद्योग परिसरमा वृक्षारोपण कार्यक्रम गरेको छ ।

वातावरण संरक्षण तथा हरियाली प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित कार्यक्रममा विभिन्न प्रजातिका करिब २ सय बिरुवा रोपिएको कम्पनीले जनाएको छ । वातावरण संरक्षणप्रतिको प्रतिबद्धतालाई थप सुदृढ बनाउने लक्ष्यसहित आगामी असार महिनाभित्र एक हजारभन्दा बढी बिरुवा रोप्ने कम्पनीको योजना रहेको छ ।

वृक्षारोपण कार्यक्रममा कम्पनीका कर्मचारी, व्यवस्थापन पक्ष तथा अन्य सरोकारवालाको सहभागिता रहेको थियो ।  उद्योग परिसरलाई थप हराभरा बनाउनुका साथै वातावरणीय सन्तुलन कायम राख्न वृक्षारोपण गरिएको हो ।

शिवम् सिमेन्टले उत्पादन तथा व्यावसायिक गतिविधिसँगै वातावरणीय उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै आएको जनाएको छ ।

कम्पनीले हरित वातावरण निर्माण, कार्बन उत्सर्जन न्यूनीकरण तथा दिगो विकासका लक्ष्यलाई आत्मसात् गर्दै विभिन्न वातावरणमैत्री कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*