दामनमा नि-शुल्क एकीकृत घुम्ती सेवा शिविर संचालन

परिवार नियोजन संघ मकवानपुरले आईतबार थाहा नगरपालिका वडा नम्बर ४ दामनमा नि-शुल्क एकीकृत घुम्ती सेवा शिविर संचालन गरेको छ ।
शिबिरमा परिवार नियोजनको अस्थायी साधन ईम्प्लान्ट २० जनालाई , ईम्प्लान्ट रिमुभ २ जनालाई, पाठेघरको मुखको क्यान्सरको परिक्षण २२ जनाको र यौन रोगको उपचार ३ जना गरि ४७ जनाले सेवा लिएका छन् ।
लकडाउनका कारण स्वास्थ सस्था सम्म आउन नसक्ने ग्रामीण भेगका महिलाहरुलाई सेवा प्रदान गर्न गाउँ गाउमै पुगेर स्वास्थ सेवा प्रदान गरिएको परिवार नियोजन संघ मकवानपुर शाखाका प्रमुख दीपेन्द्र श्रेष्ठले जानकारी दिनुभयाे ।