विप्लव निकट युवा संगठन नेपालका सेति महाकाली इन्चार्ज भट्ट पक्राउ, संगठनद्धारा रिहाई माग

छहारी संवाददाता
२९ असार २०७७, सोमबार ०७:४०

बैतडी, बिप्लव नेतृत्वको नेकपाका भातृ संगठन युवा संगठनका सेति महाकाली इन्चार्ज श्याम भट्टलाई प्रहरीले गिरफतार गरेको छ ।

शनिबार जिल्लाको पाटन नगरपालिका १० बाट पक्राउ गरेको युवा संगठनले जनाएको छ ।

संगठनले बिनाकारण आफना नेता गिरफातार गरेको भन्दै निन्दा गरेको छ । साथै संगठनकाे ध्याकर्षण भएकाे बताएकाे छ ।

आइतबार संगठनका केन्द्रिय उपाध्यक्ष दिनेशद्धारा जारी बिज्ञप्तिमा भनिएको छ कोभिड १९ को महामारीको बेला फासीबादी ढंगले गिरफतार गरिनु निन्दनीय हो । साथै आफना नेतालाईै यथासिघ्र रिहाईको समेत माग गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*