वाग्मति गापा सेक्रेटरि प्रल्हाद गाैतम पक्राउ प्रति नेकपा विप्लपकाे भत्सर्ना

अाफ्ना कार्यकर्तालाई अकारण गिरफ्तार गरिरहेमा प्रशासन, जनप्रतिनिधि, दलाल सत्ताका मतियारहरुलाई गिरफ्तार गरि जनअदालतमा उभ्याउने भन्दै नेत्र विक्रम चन्द निकट नेकपा विप्लपका नेकपा मकवानपुरले प्रेस विज्ञप्ति जारि गरेकाे छ ।
नेकपा मकवानपुर सचिवालय सदस्य तथा वाग्मति गाउँपालिका सेक्रेटरि प्रल्हाद गाैतमलाई सुतिरहेकाे अवस्थामा अाज मध्ये राति जिल्लाा प्रहरी कार्यालय मकवानपुरकाे सिभिल टाेलिले पक्राउ गरेकाे प्रति भत्सर्ना गर्दै नेपाल कम्युनिष्ट पार्टि (विप्लप)ले प्रेस विज्ञप्ति जारि गरेकाे हाे ।
मकवानपुर सेक्रेटरि पासाङ द्वारा हस्ताक्षरित विज्ञप्तिमा गाैतमलाई विनासर्त ससम्मान रिहाई माग गरेका छन् ।
विज्ञप्तिमा हाल सरकारले देशमा लुटतन्त्र चलाईरहेकाे र उनिहरुकै संरक्षण हुने तर जनताका मुद्दा लिएर हिडिरहेकाे विप्लपका कार्यकर्तालाई भने झुटा मुद्दामा फसाउने गरेकाे अाराेप लगाएका छन् ।






