प्र.म. आेली र प्रचण्डबिचकाे तत्कालकाे संकट टर्याे

अध्यक्षद्वय निरन्तर वार्ता र संवादमा
छहारी संवाददाता
२८ असार २०७७, आईतवार ०६:२६

निरन्तर वार्ता र संवाद पछि हाल सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टिका प्रधानमन्त्री केपी शर्मा अाेलीकाे राजिनामाको विषय अहिलेको लागि टरेको छ ।

आन्तरिक विवादको कारण विभाजनको संघारमा पुगेको नेपाल कम्युनिष्ट पार्टीभित्रको संकट तत्कालको लागि राजिनामा दिनु नपर्ने भन्ने बिषयमा छलफल भएपछि टरेको हाे ।

पार्टीभित्रबाटै बहुमत नेताहरुले प्रधानमन्त्री र पार्टी अध्यक्षबाट केपी शर्मा ओलीले राजिनामा दिनुपर्ने माग उठेपछि विवाद उत्कर्षमा पुगेको थियो ।

पार्टी अध्यक्षद्धय ओली र प्रचण्डबीच पाँच पटक भएको संवादमा ठोस सहमति नजुटे पनि तत्काल प्रधानमन्त्रीलाई पदबाट हटाउने अडान अर्का अध्यक्ष प्रचण्डले छोडेको जानकारी अाएकाे छ ।

अाेली निकट सुत्रका अनुसार प्रधानमन्त्रीको राजिनामाको विषय अहिलेको लागि टरेको छ, पार्टी सञ्चालनको जिम्मेवारी कसरी तय गर्ने भन्ने विषयमा छलफल भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*