पार्टि दुर्घटनामा पर्न नदिई पार्टी एकता बलियो बनाउँछु : अध्यक्ष प्रचण्ड

छहारी संवाददाता
२७ असार २०७७, शनिबार २१:२६


सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले पार्टि दुर्घटनामा पर्न नदिई पार्टी एकता बलियो बनाउन आफू प्रयासरत् रहेको बताउनुभएकाे छ ।

चितवन पुग्नुभएका अध्यक्ष दाहालले माडी नगरपालिकामा अाज शनिवार नेता/कार्यकर्ताहरुसँगको छलफलमा पार्टीभित्रको विवादबारे जानकारी गराउँदै प्रधानमन्त्री केपी शर्मा ओलीसँगको वार्तालाई निरन्तरता दिने बताउनुभयो ।

छलफलबाटै पार्टीमा देखिएको विवाद समाधान हुने हुँदा
अाफु निरन्तर वार्ता बस्न तयार रहेकाे बताउनुभयाे । अध्यक्ष दाहालले नारायणी र राप्ती नदी कटान क्षेत्रको स्थलगत निरीक्षण गर्नुभयो ।

निरीक्षणका क्रममा अध्यक्ष दाहालले नारायणी र राप्ती नदीको कटान क्षेत्रलाइ एक वर्षभित्र सुरक्षित बनाउने गरी काम अगाडि बढेको बताउनुभयो ।

प्रधानमन्त्रीसँगको छलफलको समयतालिका भए पनि आफ्नो क्षेत्रमा प्रभावित ठाउँको निरीक्षणका लागि आएको उहाँले बताउनुभयो । आफू प्रधानमन्त्रीसँगकै परामर्शमा बाढीपहिरोको अवस्थाबारे बुझ्न चितवन आएको पनि उहाँले जानकारी गराउनुभयो ।

उहाँले तत्कालका लागि अस्थायी समाधानको काम नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीले गरिरहेको बताउनुभयो ।

पार्टि स्थायी कमिटी बैठक साउन २ गतेसम्म स्थगित भएपछि अध्यक्ष दाहाल चितवन पुग्नुभएको हाे

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*