रूपचन्द्र बिष्टकाे स्मृतिमा मेराे कलम

लेखक -सरस्वती तिमल्सेना ( गाैतम)
असार २३, २०७७

सानाे छँदा रूदानेकाे भाषण हुन्छ भने पछि घरबाट भागिभागि भाषण सुन्न गईन्थ्याे । रूदानेकाे नजिक परियाे भने पिटाई पनि खाईन्थ्याे ।

चुनाब चिन्ह हात लिएर उठेकाे बेला चुनाब प्रचारमा जाँदा अन्य पार्टि सबैका पर्चा पम्प्लेट त्यसै बाडिन्थ्याे भने रूदानेकाे पर्चा तथा पम्प्लेटलाई पैसामा बिक्री गरिन्थ्याे । रुदानेका देशमा जुन पार्टि पनि खाेल्नु तर मण्डले पार्टि नखाेल्नु र मन्डले कहिल्यै नहुनु भन्ने भाषण अाज पनि मेराे मानस पटलमा ताजै छ । न रूदाने लाई राम्रो बन्नु पर्दथ्याे न रूपचन्दलाई फुर्ति लगाउन अाउथ्याे सधै सदाबहार उस्तै ।

हामी त कति थाहाकाे छाप लाउँदै पैसा जम्मा गर्दै रूपचन्द्र बिष्टलाई दिने गर्थ्याै , त्यस बेलाका कुरा सम्झना अाउँछ । रामनारायण बिडारी सर, बिश्वकान्ति कलाबती अामा, अरूण शुमार्गी , अजय सुमार्गी , अजिता सुमार्गी , अमृत राजथला लगायतकाले “गाउँगाउँबाट उठ बस्ति बस्तिबाट उठ” भन्दै जनताकाे गित गाउँदै गाउँबस्ति , डाडाकाडा पुग्ने व्यक्तित्वहरुकाे अाज पनि मलाई सम्झना अाउँछ ।

यी व्यक्तित्वहरू मादल र गितार लिएर जहाँ पनि उभिएर जनताका गित गाउन थाले पछि पहिला त हामी जस्ता बालबालिकाहरू नै पुग्थे अनि पछि मात्र ठुला मान्छेहरु जम्मा हुन्थे । तेतिबेलाका बालबालिका हामी नै थियाैँ । रूपचन्द्रकाे भाषण भनेपछि हामी स-साना सबै जना जति टाढा पनि सुन्नका लागि भनेर दाैडि हाल्ने गर्थ्याैं । जतिसुकै पीडा बिन नहाेस तर त्यसबेलाकाे दुखमा पनि छुट्टै रमाईलाे थियाे ।

२०४८ काे चुनाबमा क. बिराेध खतिवडा र रूपचन्द्र बिष्ट, माननीयकाे निर्वाचनमा उठ्दा बिराेधकाे माछा र रूपचन्द्रकाे हात थियाे । ती नाराहरु अझ पनि मेरा कानमा गुन्जिन्छन् -” बिराेधकाे माछा रूपचन्द्रकाे हात नकरा मन्डले खालास् लात” भन्दै नारा जुलुस हेटाैँडा ९ बाट बिराेध र रूपचन्द्रकाे समर्थनमा बालबालिकाकाे जुलुस निकालिन्थ्याे ।

त्यति बेलाकाे चुनाबी राैनक अहिलेकाे जस्ताे कहाँ हुन्थ्याे र यति सम्म जाेस जाँगर हुन्थ्याे कि लाग्छ अहिले भन्दा विल्कुल फरक अनि छुट्टै हुन्थ्याे । मकवानपुरका डाडाँकाडाँमा कम्युनिष्ट भित्र्याउने रूपचन्द्रले साेचेकाे थिए तर साेचे जस्ताे भएन । उनले कहिल्यै संगठन बनाएनन् , संगठन बनाएपछि गुट उपगुट हुन्छ भनेर संगठन बिस्तार गरेनन् , एक्लै हिड्थे , नीति नियम केही बनायनन् । सँगठन , अफिस सबै रूदाने नै थिए , कसैले पनि उनकाे कुरालाई मतलबमा लिएनन र मतलब पनि गरेनन् ।

एक्लै भए पनि अाफ्नाे दर्शनहरू जनता सामु पुर्याउन भने उनले छाेडेनन् । जस्लाई पनि तँ भनेर सम्बाेधन गर्ने रुदानेले कसैकाे मान मर्यादा राखेनन् । तर पनि सत्यताकाे लागि एक्लै लडिरहे । हिजाे रूदानेले भनेकाे कुरा अाज देशकाे स्थिति बिखन्डन शक्तिकाे पछि लाग्ने जस्ता धेरै अराजकता भित्रिएकाे छ । भुमि माथि बिदेशीहरूकाे अाँखा लागेकाे छ । हाम्रो मातृभुमि प्रति गिद्वेदृष्टि परिरहेकाे छ । अाज तिम्रा दर्शनहरू सबैले पढ्न र सम्झन बाध्य छन् । उनी देशका असल बफादार सिपाई थिए । तिमी सधै अमर रहनेछाै स्व. रुपचन्द्र बिष्ट तिम्राे बिचार तथा दर्शन अजर अमर रहनेछन।

लेखक -सरस्वती तिमल्सेना ( गाैतम) हेटाैडा

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*