ल्हासामा सुन छ, कान मेरो बुच्चै ‼

लेखक देबेश राज भट्टराई
१८ असार २०७७, बिहीबार २०:४६

लेखक देबेश राज भट्टराई
बाइरोडको बाटोमा ट्य्स्क्सी गुडाउँदै, धुलो उडाउँदै । यो लकडाउनमा काठ्माडौँ बाहिर जाउँ भने कसरी जाउँ । नजादा खेरी हिजो बिभिन्न ठाउँको यात्रा सोच्दा सोच्दै, कहिले काहिँ बुरुक्क उफ्रिन थाल्छु । सोच्छु एउटा राइद्डमा जान पाए पनि हुन्थ्यो । त्यही बिचमा करिब ४० साल अघिको त्रिसुलिको यत्रा एक्कस्सी दिमागमा आयो ।

यो यात्रा दुइवटा कारणले अबिस्मरणिय छ्, एउटा त मेरो बाजे जो सँस्कृतमा प्रकान्ड बिद्ध्वान हुनु हुन्थ्यो, वहाँ सित देश भ्रमण गर्ने मौका र अर्को चहिँ जाने दिनको अगि उत्तर पक्षिमको आकास बाट झरेको आकासे पिन्ड्, जो मेरो बाले त्रिसुलिबाट पनि देख्नु भाको थियो रे, वहाँले भन्नु भाको थियो । मेरो बा चाहिँ धुन्चेको हट वाटर स्प्रिङको कामले त्यहाँ केहि दिन आफ्नो क्याम्प लगाएर बसी राख्नु भाको थियो ।

भ्रमणमा मेरो बाजे सित भाको भला कुसारिले हामी नेपालिलाई त्यस ताकाको नेपालको भ्रमणमा हुने समस्याहरुको यथार्थ चित्रण गर्न सजिलो पार्छ होला । यो सानो कुराले हाम्रो समग्र प्लानिङको इस्सुलाई अर्को दृस्टिकोणले हेर्न पनि सह्ज पार्ला भनेए कुरामा म बिस्वस्त छु ।
मेरो बाजे झन्डै छ फिटे जिउडाल र यती धेरै इक्षा शक्ती कि पायो भने त्यो धोति र कुर्ता लगाएर सगरमाथा चढ कसैले भन्यो भने पनि वहाँ तैयार हुन बेर लगाउन हुन्नथ्यो जस्तो लाग्छ्, अहिले मलाई ।

नेपालको ७५ जिल्ला मध्धे सायद दुइ जिल्ला बाहेक वहाँले हरेक जिल्लामा पुग्नु भयो रे । त्यो त्रिसुली यात्राको सिलसिलामा वहाँले भन्न सुरु गर्नु भयो । तपाइँहरुलाई अब लाग्छ होला त्यो के ठुलो काम भो त्, हाम्रो नेताहरु पनि सबै ठाउँमा पुग्छन्, फुलमाला लाउन या साना तीना उदघाटन गर्न्, हेलिक्प्टरमा एक दर्जन कार्यकर्ता लिएर । कहाँ हाम्रो चरा जस्ता नेता र तिम्रो बाजे कुरै मिल्दैन । फरक यती मात्र छ कि मेरो बाजे (काशी बा)को झोलामा दुइ जोर धोती र कुर्ता, २/४ वटा सिसिमा चनाको सत्तु, पानी र एउटा लम्पट, ओढ्नी बाहेक बाहेक केहि हुंदैन थियो । वहाँ माहात्मा गान्धी सित पनि धेरै प्रभाबित हुनु हुन्थ्यो, बणारसको काशिमा वहाँले करिब २३ बर्ष जो बिताउनु भो ।

कतै खोला खोल्सो देख्यो भने सट्ट नुहायो, धोती कुर्ता पछार्यो, एकै छिन सुकायो र फेरी आराम सित लस्क्यो, बाटो पक्षाउँदै । अनि जहाँ पायो त्यही बास बस्यो, कसैका पिँढि, कसैका मटान्, कोठा चोटाको कुरा त आजका हामी जस्ता मानिसहरु लाई न चाहिन्छ्, अती सुबिधा भोगी जो हामी भइ सक्यो । मोटरसाइकल्, गाडि, बस्, होटल्, पसल मल कसको लागी निस्के त भन्नु होला ?

कुरा गर्दा गर्दै कती खेर त्रिसुली पुगियो, थाह्नै पाइन्, बाटोमा एक दुइ ठाउँको झर्नामा झरेर बिस्राम, पानी सानी खाइयो, के को मोटेल्, के को होटेल, के को भोजेनालय१ आजको दिनमा बाइरोडको बाटोमा बनेको बिस्राम स्थल र खाजा घर हरुके कहिलें काहिँ बालिको कन्ट्री साइड भिजिटको याद दिलाउछ्, मलाई । सोच्छु फेरी नेपालिले युरोप्,अमेरिका, चाइनाको कुरा आफ्नो घर अगाडी सोच्नु पनि अपराध भैसक्यो । के नेपालिहरु बिदेशमा काम गर्नलाई चाहिने श्रम उत्पादन गर्ने बजार हो, या मेरो बाजे जस्तै जिबनमा मिनिमलिस्टिक एप्रोच राखेर सुख सुबिधा त्याग गर्न सक्ने एउटा ठुलो साधुहरुको समुह मात्र हो ।

मेरो बा एक किलो घिउ किन्न बानेस्वर बाट असन जानु हुन्थ्यो, असन र इन्द्र्चोक बाहेक पुरा काठमाडौमा खेतका आलि, कुलो र छाप्रो बाहेक के थियो त । आज मेरो घर अगाडी किन चाहियो भाटभटिनि, बिगमार्ट्, या सेल इन् १ हामी अधिकांश नेपाली या पाखे, काठेँ या बिदेशिका लागी श्रमिक भन्दा ठुलो भएर सोच्ने दिन आएन । एक गाग्री पानी लिन एक कोश पर पुग्ने जटिल अबस्था हाम्रो सानो सोचकै उपज हो । बिगत साठी बर्ष देखी प्रदर्शनी स्थलको नामले प्रचलित ठाउँमा यो मेघा हल लाई नबनाएर पनौती या गोदबरी सार्नु भनेको नेपालीले ब्यापार गर्ने तरिका सिक्न कि त प्रगती मैदान या गोन्जाउमा जानु बराबर हो ।

ब्यापारिक केन्द्रको अर्को परिभाशा, “सुबिधा सम्पन्न ठाउँ” बिकल्प सोच्नुस्, त्यस्को खर्च १२० अर्ब सम्म पुग्न सक्छ्, एक पुरा सुबिधा सम्पन्न सहरनै चहियो। अर्को बिकल्प नबन्नु जेल सम्म मेघा हलको स्थान प्रद्र्शनी स्थल नै हो, अरु कुनै उपयुक्त ठाउँ चहिँ मैले देखिन । पहिले भन्थे नि ल्हासामा सुन छ, मेरो कान बुच्चै ‼

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*