कोभिट १९ को सामाजिक दुरीले निम्ताएको समस्या 

छहारी संवाददाता
जेष्ठ २९, २०७७

देश २०७७ चैत्र १० गते देखी लकडाउनमा छ । चीनबाट सुरु भएको कोरोनाको महामारीलाई बिश्व संगठनले कोभिट १९ भनी नामाकरण गरेको छ । यो महामारी चीन, ईटाली, अमेरीका हु्दै हाम्रो नजिक राष्ट् भारतबाट नेपाल भित्रीएको छ । भारतमा धेरै नेपालीहरु रोजगारको सिलसिलामा भारतमा रोजगारी गरिरहेको अबस्था छ । त्यसैले पनि नेपाल र भारतको सिमाना खुल्ला भएको कारणले पनि नेपालमा कोरण भित्रीएको हो भन्ने आकडन गरिएको छ ।

नेपालमा २–४ जना लाई कोरोनाको संक्रमण भएको कारण क्वारेनटाईनमा राखिएको थियो र तुरुन्तै सरकारले लकडाउनको घोषणा गरेको थियो । तर आज चार हजार भन्दा बेसीमा संक्रमण बडेको छ । भारतमा रोजगारीको सिलसिलामा गएकोहरु मरेपनि आफनै देश फर्कने निर्णय र भारत सरकारले अन्य मुलुकका मानिसहरु सबै आफनो देश फर्कन आबाहान गरे संगै काम गर्ने वातावरण नभएको लामो समय सम्मको लकडाउनले भोकभोकै बस्नु परेको अबस्थाले गर्दा आफनो भुमी सम्झेर आफनो देश फर्कनु पनि स्वभाबिक थियो ।

यो अबस्था त नेपाल भित्र रोजगार भएकाहरु पनि काम गरेको ठाउँ छोडेर आफनो गाउघर फर्केका थिए । उनीहरु लामो दुरीको बाटो हिडेर सिमानामा आएर रोकिनु परेको पीडा त आफनो ठाउँमा छँदै थियो तर सजिलो हिसाबले आफनो भुमि नेपालमा प्रबेश गर्न पाएनन् । नेपालले पनि लकडाउन गरेको अबस्था भारतमा धेरै महामारी फैलिरहेको अबस्थाले नेपालले क्वारेनटाईनको व्यवस्था नगरि ल्याउन सक्ने अवस्था थिएन । यसले गर्दा झन समस्या बडिरहेको थियो । 
लकडाउनको मर्म भनेको हामी जहाँ छौ जसरी बसिरहेका छौ सुरक्षित सँग बसौ भन्ने थियो तर सरकारले पनि बारम्वार व्यवस्था मिलाउदैछौँ भन्छ तर कहिले मिलाउने हो केही अत्तो पत्तो छैन । 

त्यसैमा पनि दुखि थिए । एक थरी किन अलपत्र नेपालीलाई प्रबेश गर्न रोक लगाएको भन्ने पनि कुरा आयो । अर्का थरी व्यबस्था मिलाएर उनीहरुलाई सुरक्षीत अवतरण गर्नुपर्छ भन्ने पनि थियो । दुबै जायज थियो । तर परिबन्धले फरक बनायो । सबैले लकडाउनको पालना गर्नुपर्ने बाध्यता थियो । तर पनि नाकामा रहेको नेपाली जनताहरु हामीलाई नाकामा किन राखियो आफनो देश जान किन नपाउने उनीहरुको माग थियो । धेरै लामो हिडाई पनि लखतरान परेका नेपालीहरु भारतले बस्नको लागि बनाइको बास्सथान खुृल्ला आकाश , रुखको छहारी मुनी बस्न बाध्य भए । आफनो देश जान पाउ भन्दै नारा जुलुश गर्न थाले, नेपालले पनि भारतसँग आफना नेपाली र्फिता ल्याउन बार्ता त गरिरहेको थियो होला तर काम ढिला भई सकेको थियो ।

 बल्लतल्ल नेपाल प्रबेश गर्न पाउने भए तर उनीहरु घरमा नै जान भने पाएनन् सरकारले बनाएको क्वारेन्टाईनमा बस्न पर्ने भयो । नेपाल छिरिसके पछि सबै पिर हराएको थियो तर धेरै नेपालीहरु कोरनाको संक्रमित भईसकेका थिए भने कति नेपालीहरुले घर पुग्न नपाई मृत्युवरण गरिसकेका थिए । अहिले देशै लकडाउनले सबै बन्द छ । व्यापार व्यबसाय ,उधोग कल(कारखाना, हवाई उडान सबै बन्द छ । यति लामा समय सम्मको लकडाउनले बिहान बेलुकी श्रम गरेका जिबिका गर्ने श्रमकिहरु मारमा छन। । सरकारले बाडेको राहात हात्तीको देखाउने दारा झै छ । अब लामो समयको बन्दले मानिसहरुलाई बैकको व्याजले झन सताउन थालेको छ ।

 घरबेटीको घरभाडाको लागि र बैकको व्याजको लागि तारन्तार बजेको मोबाईलको घण्टीले झन त्रसित बनाएको छ । त्यसैले त रोग भन्दा पनि अब भोकले मर्ने भए भन्ने अबस्था आएको छ । देशमा अब विकाराल परिस्थिति निम्तीएको छ । दिन प्रतिदिन संक्रमितहरु थपिदै छन् भने मृत्यु हुनेको संख्या पनि २ दर्जन नाघि सकेको छ । नेपालमा बिस्तारै यो महामारीले पन्जा फीजाएको छ । कति निको भएर घर र्फकिसकेका छन् । यो सुरुमा धेरै नै डर देखाईको थियो हामीले आज बुझ्दै जादा किति बिरामी निको भएर घर र्फकिसक्नु भएको अबस्था छ । 

त्यसैले पनि हामीले के बुझ्नु पर्यो भने यो महामारीबाट डराउने हैन सचेत हुनु पर्ने रहेछ । आत्माबलको खाँचो हुँदोरहेछ । तातो पनि खाने चिसो नखाने खानेकुरा राम्ररी पकाएर खाने यस्तै यस्तै कुरामा ध्यान दिन पर्ने रहेछ । स( साना कुरा पनि अति महत्वपुर्ण रहेछ भन्ने कुरा सिकाएको छ । यो कोरोनाबाट कोहिपनि डराउन नपर्ने रहेछ । सुरक्षितसंग बस्ने नयाँ मानिसहरुसँग नजिक नबस्ने, माक्स लगाउने जस्ता कुराहरु ध्यान दिन पर्ने रहेछ । 
अब कुरा के छ भने महामारीबाट बच्न लकडाउन पनि सरकारले गर्यो , आफना व्यापार, व्यबसाय, स्कुल सबै बन्द गरेर घर भित्र बसेर सरकारलाई सहयोग गरिरहेका छौ । 

सामाजिक दुृरी कायम गर्नु भन्छ , तर सामाजिक दुरी कायम गर्ने निहुमा मानिसहरुमा मानवता समेत हराएको होकी भन्ने लागेको छ । छिमेकी बिरामी भयो अस्पताल लान पर्यो छिमेकी आउँदैनन् , छिमेकी आफन्त निधन भयो कोही आउदैनन्, अब मानिस मर्दा पर्दा चाहिने मानिसहरु अब आउन छोडे । अब त मर्दा मलामि पनि नजाने भए न कोरोनाले पो मरेको होकी जानु हुँदैन भनेर मलामी पनि जान छाडे । कति दुखत र बिडम्बना छ यसरी कसरी चल्छ समाज सामाजिक दुरीले झन मानिसलाई टाडा बनाएको छ । अब यो हट्न समय लाग्छ । किनकी मानिसहरुको मनमा पसी सक्यो सामाजिक दुरीले समाजमा सामाजिक दुरी संगै आफन्त छिमेकीकोे दुरी पनि टाडा देखिन थालेको छ । 

साथिभाई को दुरी टाडिएको छ । संगै स्कुल जाने र संगै खेल्ने साथिहरुसंंगको दुरी टाडिएको छ । समाजमा रहेका विकृति र विसंगतिसंगै सामाजिक दुरी भन्दा भौतिक दुरी कायम गर्ने होकी रु यो सामाजिक दुरीले नेपाली धर्म संस्कार, समेतलाई असर परेको अबस्था छ । मानिसहरुको खान, परिवार पाल्न नसक्ने अबस्था छ । मानिसहरु कामको वातावरण नभएकोले अब अर्को उपाए मृत्युलाइ अगाल्न थालेका छन् , रोजी रोटीको लागि घर छोडेर हिडेर परिवार पालेर बसेका मानिस र युवाहरुको जमात अहिले डिप्रेसनको सिकार हुन पुगेका छन् । यि कु्राहरुको पनि सरकारले गहिरीएर सम्बोधन गरोस । समस्याको समाधान छिट्टै आओस । 

अन्तमा , कोरोनाको महामारी केही पनि होईन हामी नेपालीहरुमा आत्म बिश्वास छ । हामी धेरै रोगहरु जितेर आएका छौ, भुकम्पको महामारीलाई त हामीले सहजै व्यवस्थापन गरेका थियौ, यो कोरोनालाई पनि हामी जित्ने छौ । आत्म बल सबैले बढाउ , सरकारको लकडाउनलाई पालना गरौ , हाँसौ नाँचौ परिवारसंंग रमाऔ । घर भित्रै सुरक्षित बसौ । हामी सहजै कोभिट १९ लाई सहजै परास्त गर्नको लागी श्री पसुपतिनाथले हामी सबैको कल्याण गरुन ।

लेखक– सरस्वती तिमल्सेना (गौतम)
हेटौडा

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*