सनसनी मचाउने फेक न्युज वा फेक इन्फर्मेसनबाट बच्ने उपाय थाहा पाइराखौं

बर्तमानमा हरेक ब्यक्तिमा सामाजिक सन्जालको पहुँच भएको हुँदा कुनै पनि नयाँ खबर वनमा लगेको डढेलो जस्तै केहिबेरमै अनियन्तृत हुन पुग्छ । अनलाईन देखेका कुरा कतिको सत्य हुन वा त्यसमा कस्को के स्वार्थ लुकेकोछ बुझ्न नसक्दा र देख्ने बितिकै सत्य तथ्य बुझ्दै न बुझी स
छहारी संवाददाता
३१ श्रावण २०७६, शुक्रबार १६:००

केहि दशक यता टेक्नोलोजीले निकै फड्को मारी सक्यो, खास रुपमा भन्ने हो भने मोबाईल फोन टेक्नोलोजीले अझ बढी फड्को मारेको छ ।

हिजो कसैको हातमा मोबाईल देख्दा अचम्म लाग्थ्यो, तर आज मोबाईल नभएको हात देख्दा अचम्म मान्नु पर्ने अवस्था आएको छ । सायद मोबाईल फोन आजको समयको आधारभुत आवस्यक्ता जस्तै भैसकेको छ ।

मोबाईल फोनको बिकाससंगै ईन्टरनेटले पनि निकै फड्को मारिसकेको छ । 2G, 3G, 4G हुँदै आज ईन्टरनेट मा एउटा G अझै थपिएको छ्, जुन हो 5G । ईन्टरनेटको बिकाससंगै अचेल सबै कुरा digital हुँदै छन । पेपर देखी पेमेन्ट सम्म सबै डिजिटल भैसकेका छन ।

सबैको हाथमा मोबाईल अनि ईन्टरनेट भएसंगै इन्फर्मेसन पनि द्रुत गतीमा ट्रान्सफर भैरहेको छ ।

उदाहरणको लागि सन २०१५ मा नेपालमा भुईचालो आउँदा सारा विश्वलाई तुरुन्तै थाहा भैसकेको थियो । तयसैगरी ईन्टरनेटको पहुँच अनि मोबाईल फोनको बिकासले सामाजिक सन्जालको नयाँ युगको सुरुवात गर्‍यो र सामाजिक सन्जालको लोकप्रियतले डिजिटल मिडिया वा अनलाईन मिडियाको रचना गर्‍यो ।

आज सामाचार सुन्न टि.भि वा रेडियो बजाउनु पर्दैन सामजिक सन्जाल हेरे पुग्छ । तर सामाजिक सन्जालको सही प्रयोग अनि यसको खतराको बारेमा अनबिज्ञ हुँदा समाजमा एउटा नयाँ खतराले जन्म लिएको छ, त्यो हो फेक न्युज वा फेक  इन्फर्मेसन।

फेक न्यूज, जसलाई कबाड़ समाचार (जंक न्युज)  वा छद्म समाचार पनि भन्ने गरिन्छ, एक प्रकारको पीत पत्रकारिता वा प्रचार हो जसमा पारम्परिक समाचार माध्यम (प्रिंट र प्रसारण) अननलाइन सोशल मीडिया को माध्यम बाट जानी जानी समाचारलाई बङ्याएर भ्रम फैलाउने काम गरिन्छ। डिजिटल समाचार वा पत्रकारिताले नक्कली  समाचार वा पीत पत्रकारिताको उपयोगमा ब्यापक वृद्धि पनि गरेको छ।

फेक न्युजहरु सामान्यतया एजेन्सी, संस्था, वा व्यक्तिलाई नोक्सान पुर्‍याउन भ्रमको अभिप्रायले लेखिएको र प्रकाशित गरिएको हुन्छ र र वा आर्थिक वा राजनैतिक रूपमा लाभ लिनकालागि, अक्सर सनसनीपुर्ण, झुटा, वा अस्पष्ट बनाइएको हेडलाइनहरू प्रयोग गरेर पाठकहरूलाई आकर्सित गरिन्छ। त्यस्तै, यस्ता न्युजमा पाठकहरूले क्लिक गरे बापत अनलाईन मिडियाहरुले यस गतिविधिबाट विज्ञापन राजस्व कमाउँछन्।

बर्तमानमा हरेक ब्यक्तिमा सामाजिक सन्जालको पहुँच भएको हुँदा कुनै पनि नयाँ खबर वनमा लगेको डढेलो जस्तै केहिबेरमै अनियन्तृत हुन पुग्छ । अनलाईन देखेका कुरा कतिको सत्य हुन वा त्यसमा कस्को के स्वार्थ लुकेकोछ बुझ्न नसक्दा र देख्ने बितिकै सत्य तथ्य बुझ्दै न बुझी सेयर गर्दा  हामी दिन प्रतीदिन अनेकौ फेक न्युज वा फेक इन्फर्मेसनहरु सेयर गरिरखेका हुन्छौ।

आफ्नो स्वार्थ पुर्ती गर्न वा पैसाका लागि अरुको चरित्र हत्या गर्ने प्रबृत्ती बढ्दो छ। समाचारको नाममा नाना थरिका भड्काउ शीर्षक रखेर झुटा अनि भ्रामक खबर फैलाउने अनलाईन मिडियाहरुको बिगबिगी भइरहेको अवस्थामा सत्य तथ्य समाचार पाउनु बालुवामा सियो खोज्नु बराबर भैसकेको छ।

यस्ता तत्वहरुले हाम्रो समाजमा रहेको धार्मिक र जातिय सहिष्णुता खल्बलाउने निकै प्रयास गरिराखेका छन। त्यस्तै हिजो आजका अनलाईन मिडियाहरु कुनै न कुनै पार्टिको प्रोपोगन्डा फैलाउने माध्यम पनि बनिरहेका छन।

सामाजिक सन्जाल प्रयोगकर्तामा उचित ज्ञान अनि सरकारले उचित कानुन बनाउन नसक्दा एस्ता फेक न्युज हरुलाई नियन्त्रण गर्न गाह्रो परेको छ । यस्तो अवस्थामा सामाजिक सन्जलमा व्याप्त एस्ता फेक न्युजहरुको रोकथाम गर्न निन्म कुरा हरुमा ध्यान दिन जरुरी छ ।

१. बहिष्कार वास्तवमै प्रभावकारी माध्यम हो यस्ता फेक न्युज बाट बच्ने, तयसैले यस्ता फेक न्युज  फैलाउने facebook  page , websites , youtube  channel  र अन्य कुनै मध्यम छन भने तिन्को बहिष्कार गरौं ।

२. जब तपाईं कुनै समाचार पढ्नुहुन्छ, सोच्नुहोस् कि  कसले त्यस्तो जानकारीबाट फाइदा लिन सक्छ। रिपोर्टिंग स्रोतको  पूर्वाग्रहमा विचार गरौं अनि  एउटा सामाचरको संतुलित दृश्य प्राप्त गर्नकालागि एउटै समाचार फरक फरक स्रोत बाट पढौं।

३. जिम्मेवार समाचारपत्र पढ्ने  र हेर्ने बानी बसालौ। यदि youtube मा समाचार हेर्ने बानी छ भने जिम्मेवार समाचारको channel हरुलाई मात्र suscribe गरौं । यहाँ जिम्मेवार भन्नाले यदि कुनै पनि समाचार गलत प्रमाणित भएको खन्डमा समाचार संस्थाले त्यस्को जिम्मेवारी लिनु पर्ने भन्ने हो।

४. यदि तपाईं कुनै समाचार social media मा share गर्नु हुन्छ भने, तपाइँको पोष्ट वा ट्वीटमा तपाइँका समाचारका स्रोतहरू उल्लेख गर्नुहोस् — र ती स्रोतहरू विश्वसनीय छन् भनेर निश्चित गर्नुहोस  अरूलाई पनि त्यसो गर्न आग्रह गर्नुहोस् । तपाईंले share  गर्नु भएका सबै कुराको तपाईंले जिम्मेवारी लिनु पर्छ।

५. परिचितहरू तथा आफन्तहरुलाई सम्झाउनुहोस् कि अज्ञात स्रोतबाट छापिएका सामाचारहरुलाई कहिले पनि share , tweet  वा re-tweet नगरौं । यस्ता अज्ञात स्रोतबाट छापिएका समाचारहरुमा virus पनि हुनसक्छन्।

६. southasiacheck.org (नेपालको लागि), FactCheck.org, Politifact.com, Snopes.com जस्ता स्वतन्त्र, महत्वपूर्ण तथ्य-जाँच संस्थाका बारेमा अरुलाई भन्नुहोस्  अनि आफू पनि प्रयोग गर्नुहोस्  साथै यस्ता संस्थाहरुलाई समर्थन गर्नुहोस् ।

७. फेसबुक, ट्विटर, गुगल, वा अन्य सामाजिक मिडियामा  कुनै सम्वेदनशिल समाचर छापिएका छन भने तेस्ता व्यक्ति, page वा sites लाई सामूहिक report गर्नु होस, पर्याप्त संख्यामा report भएमा, यसले प्रभाव पार्छ अनि येस्ता व्यक्ति, page वा sites  हरुलाई निरुत्साहित पार्छ ।

८.  त्यस्तै सामाजिक सन्जालहरुमा  share  भएका मार्मिक फोटो वा दृश्यहरु देख्ने बितिकै share गर्नु भन्दा पहिला तेस्को सत्यता जाच्नु होस। कसैले त्यस्ता फोटो वा दृश्यको एउटा पाटो मात्र देखाएर भ्रम त फैलाउन खोजेको छैनन् ?  भगवान माथी बिस्वास राख्नु राम्रो हो तर भगवानका नाममा भ्रामक खबर फैलाउनु पनि एक किसिम को पाप हो।

"देख्ने बितिकै share गर्नु होस मन को ईछ्या ७ दिन मा पूरा हुन्छ" जस्ता शीर्षक देख्ना साथ आफ्नो कमनसेन्स लगाउनुहोस् अनि त्यस्ता कुरा share गर्न बाट बच्नुहोस्।

सबै कुरालाई कानुन बनाएर मात्र रोक्न सकिन्छ भन्ने छैन। कानुन बनाएरै सबैकुराको सामाधान हुने हो भने आज हत्या हिंसा जस्ता कार्य हुदैनथे वा भनौ कम हुन्थे होला। कुनै कुराको समाधन खोज्न हामिले आफ्नो भित्र नियाल्नु पर्छ।

हामिले कुनै पनि समाचर पढ्दा वा कुनै फोटो वा दृश्य हेर्दा दुबै पक्ष खोज्नु पर्छ। सामाजिक सन्जाल प्रयोग गर्दा हामीले share गरेका हरेक कुरा प्रती उत्तरदायी हुनु पर्दछ। यस्ता फेक न्युज देखि आफू पनि जागरुक होऔं अनि अरुलाई पनि जागरुक बनाऔं ।

(लेखक-सौजन्य तिमलसेना भारतको लक्ष्मीनगर नयाँदिल्लीमा सिए पढ्दैहुनुहुन्छ । तिमलसेनाको मोटिभेसन र सामाजिक विषयमा दख्खल छ । )

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*