जेनजीले गरेको आन्दोलनलाई सबैले स्वीकार्नुपर्छ: मुख्यमन्त्री बानियाँ

छहारी संवाददाता
माघ १९, २०८२

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले अहिलेको व्यवस्था प्रति वितृष्णा नबढेको बताउनुभयो । संघीय लोकतान्त्रिक गणतन्त्र प्रति आकर्षण जगाउने काम कम भएको उहाँको बुझाई छ ।

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको क्रममा क्षतिग्रस्त प्रदेशसभा सचिवालयको परिसर मै आयोजित बागमती प्रदेशसभाको आठौँ वार्षिकोत्सव समारोहमा सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले गणतन्त्रबादी दलहरुको बोली र व्यवहार फरक हुँदा समस्या भएको बताउनुभयो ।

सभामुखको निर्वाचन र अधिवेशन आह्वान गर्ने सन्दर्भमा प्रतिपक्षी दलहरुसंग संवाद भइरहेको जानकारी गराउँदै उहाँले प्रतिपक्षी दलहरुले नै फागुन २१ गतेको निर्वाचन पछि बैठक बोलाउन आग्रह गरेको बताउनुभयो ।

व्यवस्था नभई अवस्थामा भएको कमजोरीलाई सुधार गर्न जेनजी पुस्ताले गरेको आन्दोलनलाई सबैले स्वीकार गर्नुपर्ने उहाँले उल्लेख गर्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*