सभामुख छिटो टुंग्याउनुपर्नेमा पुर्व मुख्यमन्त्री जम्कट्टेलको जोड

छहारी संवाददाता
माघ १९, २०८२

बागमती प्रदेशका पूर्व मुख्यमन्त्री एवम् प्रमुख प्रतिपक्षी दलका नेता शालिकराम जम्कट्टेलले सभामुखको चयन र प्रदेशसभा बैठक कहिले बोलाउन भनेर मुख्यमन्त्रीलाई प्रश्न गर्नुभयो ।

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको क्रममा क्षतिग्रस्त प्रदेशसभा सचिवालयको परिसर मै आयोजित बागमती प्रदेशसभाको आठौँ वार्षिकोत्सव समारोहमा सम्बोधन गर्दै उहाँले सरकारमा आफुहरुको चासो नरहेकोले सभामुख प्रतिपक्षी दललाई दिन आग्रह गर्नुभयो ।

नेता जम्कट्टेलले सभाको बैठक छिटो राखेर सभामुखलाई टुंग्याउनुपर्नेमा जोड दिनुभयो । हेटौंडा–काठमाडौँ जोड्ने सडकको अवस्थाले नै संघीयता प्रति उठेको टिप्पणीलाई जवाफ दिएको उहाँको भनाई छ ।

प्रादेशिक संरचनाकै कारण ठाउँ–ठाउँमा सडक, पुल निर्माण भएको नेता जम्कट्टेलले बताउनुभयो ।

उपसभामुख अप्सरा चापागाईको सभाध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रसेवक कर्मचारीहरुलाई सम्मान सहित रक्तदान कार्यक्रमा रक्तदान गर्नेहरुलाई प्रशंसापत्र प्रदान गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*