प्रदेशसभालाई बन्धक बनाउँदा लोकतन्त्र प्रति नै अनादर हुन्छः प्रदेश प्रमुख देवकोटा

छहारी संवाददाता
माघ १९, २०८२

बागमती प्रदेशका प्रदेश प्रमुख दिपकप्रसाद देवकोटाले लोकतन्त्र विचारको मन्थनबाट सशक्त हुने बताउनुभएको छ ।

विविधताको बीच पनि संवाद, सहकार्य र संवैधानिक मर्यादा अपरिहार्य हुने उहाँको धारणा छ । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको क्रममा क्षतिग्रस्त प्रदेशसभा सचिवालयको परिसर मै आयोजित बागमती प्रदेशसभाको आठौँ वार्षिकोत्सव समारोहमा सम्बोधन गर्नुहुँदै प्रदेश प्रमुख देवकोटाले असहमति नै लोकतन्त्रको शक्ति भएको बताउनुभयो ।

अवरोध र निर्णय बिहिनताको अवस्थामा लोकतन्त्रको कमजोर हुने उहाँको भनाई छ । लामो समयदेखि प्रदेशसभा बैठक नबसेको प्रति असन्तुष्टि जनाउँदै प्रदेश प्रमुख देवकोटाले प्रदेशसभालाई बन्धक बनाउँदा लोकतन्त्र प्रति नै अनादर हुने जिकिर गर्नुभयो ।

प्रदेश प्रमुख देवकोटाले प्रदेशसभाभित्र हुने बहस, सहमति र निर्णयहरुमा लोकतान्त्रिक संस्कार प्रतिबिम्बित हुनुपर्ने बताउनुभयो । प्रदेश र प्रदेशबासीको चासोको विषयले प्रदेशसभामा उच्च स्थान पाउनुपर्ने उहाँले उल्लेख गर्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*