कलैया उपमहानगरपालिका ७ मा चुनावी प्रचार प्रसार तिब्र

स्थानिय तहको तेस्रो चरणको निर्वाचनमा २ नम्बर प्रदेशका उमेद्वारहरुले चुनावी प्रचार प्रसारलाई तिब्रता दिएका छन् ।
बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ७ का अध्यक्षका स्वतन्त्र उमेद्वार कुन्दन घिमिरेलाई जिताउन उहाँका समर्थक लागि परेका छन् ।
चुनावी प्रचार प्रसार कै क्रममा सोमबार बिहान मोटरसाइकल ्यालीको आयोजना गरिएको छ । करिब १०० जनाको संख्यामा रहका घिमिरेका समर्थकले कलैयाको पावर हाउस देखि रङपुरसम्म ्याली निकालेका थिए ।
यस्तै सोमबार साँझ देखि घरदैलो कार्यक्रम पनि गरिने घिमिरेका सहयोगी सन्तोष नेपालले जानकारी दिनुभयो ।
यसैक्रममा छहारी नेटवर्कलले तपाइको उमेद्वारी के का लागि भनेर राखेको जिज्ञासामा घिमिरेले भन्नुभयो – "७ नम्बर वडालाइ नमुना वडा बनाउछु, वृद्ध र एकल महिलाले पाउने भत्ता वितरणलाइ सहज र सरल बनाउनेछु, वडामा रहेका शैक्षिक संस्थालाई व्यबस्थित र सशक्त बनाउनेछु । वडामा सुन्दरता र स्वच्छतालाइ ध्यानमा राखेर फोहर व्यवस्थापन, नालाको बैज्ञानिक व्यवस्थापन, पोल बत्ती र सडकको उचित विकासमा लागि पर्नेछु ।"
साथै घिमिरेले वडालाई खुला दिशा मुक्त वडा बनाउन प्रतिबद्ध रहेको पनि बताउनु भयो । घिमिरेले यस अघि १० बुँदे चुनावी प्रतिबद्धता पत्र जारी गरिसक्नु भएको छ ।