यसपटक नागपञ्चमी र जनै पूर्णिमा एकैदिन, बिहान नाग टाँस्ने त्यसपछि जनै धारण र रक्षाबन्धन गर्नु उपयुक्त

छहारी संवाददाता
साउन ९, २०७४

यसपटक नागपञ्चमी र रक्षाबन्धन अर्थात जनै पूर्णिमा एकैदिन परेको छ ।

साउन शुक्ल पूर्णिमाको दिन २३ गते चन्द्रग्रहण परेकाले यसवर्ष नागपञ्चमीकै दिन आउदो शुक्रबार जनै प्रर्णिमा पनि मनाउनु पर्ने भएको हो ।

त्यस कारण नागपञ्चमीको दिन आउँदो १३ गते शुक्रबार पहिले बिहान नाग टाँस्ने त्यसपछि जनै धारण र रक्षाबन्धन गर्नु उपयुक्त हुने नेपाल पञ्चांग निर्णायक समितिका सदस्य सचिव सूर्यप्रसाद ढुंगेलले बनाउनु भयो ।

यद्यपी पूर्णिमाको दिन हुने उत्सव, मेला लगायतका अरु काज भने २३ गते नै गर्दा हुने ढुंगेलको भनाइ छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*