मकवानपुर–१ मा रास्वपाका प्रकाश गौतम २१ हजार ९ सय ९५ मतान्तरले विजयी

छहारी संवाददाता
फाल्गुन २४, २०८२

मकवानपुर निर्वाचन क्षेत्र नम्बर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार प्रकाश गौतम विजयी हुनुभएको छ। उहाँ ३६ हजार ३३ मतसहित निर्वाचित हुनुभएको हो।

उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय डिनाले १४ हजार ३८ मत प्राप्त गर्नुभयो। नेकपा एमालेका उम्मेदवार रामेश्वर रानाले १२ हजार ७ मत ८३ ल्याउनुभएको छ ।

त्यसैगरी नेपाली कम्युनिस्ट पार्टीका विजय गौतमले १० हजार ७ सय ८८मत प्राप्त गर्नुभएको छ भने उज्यालो नेपाल पार्टी का सुरेन्द्र लामा १० हजार २ सय ५ मतसहित पाचौँ स्थानमा रहनुभएको छ ।

यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का दीपकबहादुर सिंहले ४ हजार ५ सय ७४ मत प्राप्त गर्नुभएको छ । यस निर्वाचन क्षेत्रमा कुल ९५ हजार ३ सय १० मत खसेको थियो ।

मकवानपुर–१ मा हरेक निर्वाचनमा मतदाताले फरक–फरक दललाई जिताउँदै आएका छन्। यस क्षेत्रलाई कहिले एमाले, कहिले कांग्रेस, कहिले माओवादी र कहिले राप्रपाको प्रभाव क्षेत्रका रूपमा पनि चिनिने गरेको छ।

२०६४ सालमा माओवादी, २०७० मा नेपाली कांग्रेस, २०७४ मा एमाले र २०७९ मा राप्रपाले यहाँ जित हासिल गरेका थिए। यस पटक भने मतदाताले रास्वपाका उम्मेदवारलाई जिताएका छ्न ।

२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा राप्रपाका दीपकबहादुर सिंहले २७ हजार ८ सय १६ मत ल्याएर विजयी हुनुभएको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*