मकवानपुर–२ मा मनहरी, थाहा र इन्द्रसरोवरको मतगणना सकिँदा रास्वपाको अग्रता कायम
प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत मकवानपुर क्षेत्र नम्बर–२ मा पर्ने थाहा नगरपालिका, मनहरी गाउँपालिका र इन्द्रसरिवर गाउपालिकाको सबै वडाको मतगणना सकिँदासम्म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अग्रता कायम राखेको छ ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार तीन स्थानिय तहमा गरी कुल ४३ हजार ७ सय १३ मत गणना सम्पन्न हुँदा रास्वपाका उम्मेदवार प्रशान्त उप्रेति १५ हजार ३ सय १४ मतसहित अग्रस्थानमा रहनुभएको छ ।
मतगणनाको प्रारम्भदेखि नै रास्वपाले निरन्तर अग्रता कायम राख्दै बलियो स्थिति बनाएको छ । हालसम्मको मतपरिणाम अनुसार नेकपा एमालेका उम्मेदवार महेश बर्तौलाले ८ हजार २ सय ११ मत ल्याउदै दोस्रो स्थानमा रहनु भएको च ।
नेपाली कम्युनिष्ट पार्टी नेकपाका उम्मेदवार लवशेर विष्टले ७ हजार १ सय १९ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी नेपाली कांग्रेसका उम्मेदवार बुद्ध लामाले ६ हजार ५ सय ३८ मत प्राप्त गर्नुभएको छ ।
यी तीन पालिकामा गरी २ हजार ६ सय ५८ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस निर्वाचन क्षेत्रमा कुल मतदाता १ लाख ५६ हजार ८ सय ९९ रहेकोमा ९१ हजार २ सय ४१ मत खसेको थियो







