प्रतिनिधिसभा निर्वाचन: मकवानपुर निर्वाचन क्षेत्र २ मा १ हजार मतान्तरले रास्वपा अघि
प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत मकवानपुर क्षेत्र नम्बर–२ मा ३ हजार ५१० मतगणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार प्रशान्त उप्रेतीले १ हजार ६३० मत प्राप्त गरेका छन्।
यस्तै, नेपाली कांग्रेसका उम्मेदवार बुद्ध लामाले ६१६ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका उम्मेदवार महेश कुमार बर्तौलाले ५१२ मत प्राप्त गरेका छन्।
यस्तै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार लवशेर विष्टले २७२ मत प्राप्त गर्नु भएको छ।
यस क्षेत्रमा २०७९ को प्रतिनिधि सभा निर्वाचनमा एमालेका महेश कुमार बर्तौला विजयी भएका थिए। हाल मतगणना जारी छ। यस क्षेत्रमा पर्ने ६२ वडामध्ये एउटा वडाको मतपरिणाममा रास्वपा अघि देखिएको हो।
मनहरी गाउँपालिका रास्वपाका उप्रेतीको गृहपालिका हो। मकवानपुर–२ मा १ लाख ५६ हजार मतदाता रहेकोमा ९१ हजार २४१ मत खसेको छ।







