बिहिवार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना मकवानपुरमा भर्खरै सुरु

छहारी संवाददाता
फाल्गुन २२, २०८२

प्रतिनिधिसभा सदस्यका लागि बिहिवार भएको निर्वाचनको मतगणना मकवानपुरमा भर्खरै सुरु भएको छ ।

मकवानपुरका दुईवटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रको मतगणना सुरु भएको हो । प्रतिनिधि सभा क्षेत्र नम्बर १ को हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ र निर्वाचन क्षेत्र नम्बर २ को मनहरी गाउँपालिका वडा नम्बर ९ मतदान केन्द्रको मतगणना  भइरहेको हो ।

शुक्रबार बिहान ७ बजे बोलाइएको सर्वदलीय बैठकमा २ घण्टाको विवाद पछि सहमति जुटेर बिहान १०:३० बजेबाट मतगणना सुरु गरिने भनिए पनि ढिलागरि सुरु भएको हो । बिहानको बैठकमा सहभागी दलका प्रतिनिधिहरूले वडा–वडाको मत छुट्टाछुट्टै गणना गर्नुपर्ने माग गरेपछि बिवाद भएको थियो ।

मकवानपुर क्षेत्र नम्बर १ र २ को हेटौंडा ४ स्थित भुटनदेवी माविको भवनमा मतगणना सुरु भएको हो । मकवानपुरमा करिब ५९ % मत खसेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*