राष्ट्रियसभा सदस्य निर्वाचन सम्पन्न, ९४ प्रतिशत मत खस्यो

छहारी संवाददाता
माघ १२, २०८२

बागमती प्रदेशमा राष्ट्रियसभा सदस्य निर्वाचन सम्पन्न भएको छ। हेटौंडा उपमहानगरपालिका–४ स्थित भुटनदेवी माध्यमिक विद्यालयमा भएको मतदानमा  ३१८ अर्थात ९४ प्रतिशत मत खसेको छ ।

प्रदेश सभातर्फ ८९ जनाले मतदान गरेका छन् भने स्थानीय तहतर्फ २२९ जनाले मतदान गरेको निर्वाचन अधिकृत गीता श्रेष्ठले जानकारी दिनुभयो । राष्ट्रियसभा निर्वाचन अन्तर्गत बागमती प्रदेशमा महिलातर्फ १ र अन्यतर्फ १ गरी दुई पदका लागि मतदान भएको हो।

निर्वाचनमा २० जना मतदाता अनुपस्थित रहे। अनुपस्थित हुनेमध्ये १५ जना प्रदेशसभा सदस्य र ५ जना स्थानीय तहका प्रमुख तथा उपप्रमुख रहेक छ्न ।

राप्रपा र हाम्रो नेपाली पार्टीका प्रदेशसभा सदस्यहरूले मतदान प्रक्रियामा सहभागिता जनाएनन्। नेकपाकी रमा आले मगर स्वास्थ्य उपचारका सिलसिलामा भारतमा हुनुहुन्छ ।

स्थानीय तहतर्फ दुधौली नगरपालिका प्रमुख दिनेश अधिकारी (नेकपा), दोलखा बिगु गाउँपालिका अध्यक्ष सञ्जिव अली (नेकपा), शंखरापुर नगरपालिकाका प्रमुख रमेश नापित (राप्रपा), ललितपुर महानगरपालिका उपप्रमुख मुना अधिकारी कांग्रेस) र सिन्धुपाल्चोक हेलम्बु गाउँपालिकाकी अध्यक्ष अप्सरा लम्साल (कांग्रेस) अनुपस्थित  रहेक छ्न ।

यसैबीच, इच्छाकामना गाउँपालिकाकी उपप्रमुख माया सिलवाल काजकिरियामा रहेकै अवस्थामा मतदानमा सहभागी हुनुभएको छ उहाको  श्रीमानको चार दिन अघि निधन भएको थियो ।राष्ट्रियसभा निर्वाचन अन्तर्गत बागमती प्रदेशमा महिलातर्फ १ र अन्यतर्फ १ गरी दुई पदका लागि मतदान भएको हो।

महिलातर्फ १ पदका लागि ३ जना र अन्यतर्फ १ पदका लागि ३ जना गरी कुल ६ जना उम्मेदवार प्रतिस्पर्धाम छ्न ।नेपाल मजदुर किसान पार्टीबाट कविता महर्जन र विक्रम ढुकुक्षेँ, एमाले–कांग्रेस गठबन्धनबाट एमालेका प्रेमप्रसाद दगाल र नेपाली कांग्रेसकी गीता देवकोटा उम्मेदवार रहेका छन्।

यस्तै, नेकपाबाट प्रेमप्रसाद सापकोटा र सरोजकुमारी झा उम्मेदवा छ्न ।हाल बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्य रहेका तत्कालीन नेकपा (माओवादी केन्द्र) की गंगाकुमारी बेलवासे र तत्कालीन नेकपा (समाजवादी) का बेदुराम भुसालको पदावधि आगामी फागुन महिनामा सकिँदैछ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*