मकवानपुरमा प्रतिनिधि सभा निर्वाचनका लागि हाल सम्म ९ दलले मनोनयन दर्ता गराए
फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मकवानपुरमा मनोनयन दर्ता प्रक्रिया जारी रहेको छ। हेटौँडा–११ स्थित प्रादेशिक तरकारी थोक बजारमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता भइरहेको छ।
हालसम्म मकवानपुरमा ९ वटा राजनीतिक दल र २ जना स्वतन्त्र उम्मेदवारले प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छ्न । नेकपा एमालेबाट क्षेत्र नम्बर १ मा रामेश्वर राना र क्षेत्र नम्बर २ मा महेश बर्तौलाले मनोनयन दर्ता गराएका छन्। नेपाली कम्युनिस्ट पार्टी नेकपाबाट क्षेत्र नम्बर १ मा विजय गौतम र क्षेत्र नम्बर २ मा लवशेर बिष्ट उम्मेदवार बनेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी रप्रपाबाट क्षेत्र नम्बर १ मा दीपक बहादुर सिंह र क्षेत्र नम्बर २ मा राम बहादुर थोकरले उम्मेदवारी दर्ता गराएका छन्।
त्यस्तै नेपाली कांग्रेसबाट मनोनयन का लागि आउने क्रममै रहेका छ्न । क्षेत्र नम्बर १ मा महालक्ष्मी उपाध्याय ‘डिना’ र क्षेत्र नम्बर २ मा बुद्ध लामाले उम्मेदवारी दिने तयारी गर्नुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी बाट क्षेत्र नम्बर १ मा प्रकाश गौतम र क्षेत्र नम्बर २ मा प्रशान्त उप्रेतीले मनोनयन दर्ता गराएका छ्न । यस्तै, नेपाल मजदुर किसान , नेशनल मंगोल अर्गनाइजेसन, श्रम संस्कृति पार्टी, संयुक्त नागरिक पार्टी,प्रगतिशील लोकतान्त्रिक पार्टी बाट पनि उम्मेदवारी दर्ता गराएका छन्। स्वतन्त्र उम्मेदवारका रूपमा क्षेत्र नम्बर १ बाट अर्जुन प्रसाद पाठक र अमिक परियारले मनोनयन दर्ता गराएका छन्।






