हेटौंडामा अब एकसय रुपैयाँमा साकाहारी खाना

छहारी संवाददाता
पुस ९, २०८२

बागमती प्रदेशको राजधानी हेटौँडामा सुलभ मुल्यमा खान खुवाउने उद्देश्यका साथ बुधबारदेखि भट्टी चुल्हो सञ्चालनमा आएको छ ।

एकसय रुपैयाँमा साकाहारी खाना दाल भात तरकारी अचार खुवाउने उदेश्यले समाजसेवी सिद्दीलाल श्रेष्ठले हटौँडामा ४ यो ब्यवसाय सञ्चालन गर्ने सोच बनाउनुभयो । श्रेष्ठको यो सामाजिक भावनालाई युवा ब्यवसायी प्रबिण श्रेष्ठ र अमृत श्रेष्ठले साकार रुप दिएका छन् ।

बुधबार सिद्दीलाल श्रेष्ठले सुलभ खाना खाए्रर यसको सुभारम्भ गरियो । हरेक दिन विहान ९ बजेदेखि दिउँसो १ बजेसम्म खाना खुवाउने र अघिपछी रेष्टुरेन्ट सञ्चालन गर्नेगरी भट्टी चु्ल्हो सञ्चालनमा आएको छ ।

हेटौँडा ४ मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको ठिक अगाडी पट्टी होटल खुलेको छ । सुलभ मुल्यमा हेटौँडामा खाना खुवाउने र सर्व साधारणलाई सेवा दिने उदेश्यले भट्टी ३० लाखको लगानीमा भट्टी चुल्हो सञ्चालन गरिएको हो ।

एक कट्ठा क्षेत्रफल जमिनमा स्थानीय सामाग्रीहरुको उपयोग गरि आकर्षक ढंगबाट यो होटल सञ्चालन गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*