मदन भण्डारी राजमार्गको सडक सीमा अतिक्रमण रोक्न बागमती गाउँपालिकालाई सडक डिभिजन कार्यालयको पत्र
मदन भण्डारी राजमार्गको सडक सीमा अतिक्रमणको भएको जनगुनासो बढेपछि सडक डिभिजन कार्यालय, हेटौंडाले बागमती गाउँपालिकालाई पत्र पठाएको छ ।
बुधबार पत्र पठाउँदै सडक सिमा क्षेत्रमा बनेका अवैध संरचना निर्माण तत्काल रोक्न आग्रह गरिएको छ । यसमा समन्वयका लागि जिल्ला प्रशासन कार्यालय, मकवानपुरलाई पनि बोधार्थ पठाइएको छ ।
सार्वजनिक सडक ऐन, २०३१ को व्यवस्थाअनुसार, केन्द्र रेखाबाट तत्कालीन धरान–चतरा–गाईघाट–कटारी–सिन्धु
सडक डिभिजन कार्यालयका प्रमुख गुरुप्रसाद अधिकारीले हस्ताक्षर गरेको पत्रमा अनाधिकृत संरचना निर्माण कार्य रोक्न र सडक सीमा संरक्षणमा सहयोग पु¥याउन बागमती गाउँपालिकालाई आग्रह गरिएको छ ।
नेपाल सरकारले यस सडकलाई राष्ट्रिय राजमार्गको रूपमा स्तरोन्नति र सुधार गरिरहेको छ ।








